बेच्न लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार १७:१२:१६
१० साउन, जलेश्वर । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि आएर नयाँ मोड लिएको छ ।
टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका भङ्गाहा–८ स्थित धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाले भारत पुर्याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै आफ्ना बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेको बारेमा कसैलाई केही पनि नबताउन ओरेक नेपाल महोत्तरीका प्रमुख लीला दियालीले धम्की दिएको उनीहरुको आरोप छ । उनीहरुले ओरेक प्रमुख दियालीले प्रहरी र अपहरणकर्तासँग मिलेर मोटो रकम खाएर आफ्ना बालबालिकालाई कसैलाई केही भनेमा ज्यान मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् ।
घाँस काट्ने बहानामा चैत १७ गते आ–आफ्ना घरबाट निस्केका स्थानीयवासी १२ वर्षीयाद्वय सीमा पासवान र रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान वनबाट अचानक हराएका थिए । भारतको मायानगरीको नामले चर्चित मुम्बई जाँदै गर्दा हराएको भोलिपल्ट बिहार राज्यस्थित सीतामढी रेल्वे स्टेशनबाट भारतीय प्रहरीको उच्च सतर्कताको सहायताले उनीहरूको उद्धार गरिएको थियो ।
उद्धार गरिएकीमध्ये अर्चनाकी दिदी कलाकारसमेत रहेकी पूजा पासवानले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने जितेन्द्र पासवानले प्रलोभनमा पारी भारतर्फ योजनाबद्धरूपमा बेच्न लगेको आरोप लगाएकी छन् । घटना भएलगत्तै स्थानीय जनप्रतिनिधिसँगै प्रहरी प्रशासनले पनि ती किशोरी अपहरणमा परेको आशङ्का गरेका थिए । अपहरणमा पूजाको नै संलग्नता हुनसक्ने आशङ्का पनि उनीहरुको थियो । घटनाबारे थाहा पाएलगत्तै प्रहरीले पूजामाथि सूक्ष्म निगरानी राख्दै हराएका किशोरीको खोजीमा निस्केको थियो ।
हराएको भोलिपल्ट भारतीय प्रहरी, भारतीय एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा उनीहरू भारतको सीतामढीबाट रेल चढ्न लागेको बेलामा उद्धार गरिएको थियो । यद्यपि अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले घटनामा कसैको संलग्नता नदेखिएको बताएपछि प्रहरीको अनुसन्धानमा समेत प्रश्न उठेको थियो तर चार महिनापछि आएर त्यतिखेरको नाटकको पर्दाफास भएपछि घटनाले अर्कै मोड लिएको छ । गाउँबाहिर कहिले पनि कतै नगएका ती किशोरी आफैँले कसरी सीमामा सशस्त्र प्रहरीलाई छक्याएर समूहमै मुम्बई जाने योजना बनाउन सक्छन् भन्दै स्थानीयवासीले त्यतिखेर प्रश्नसमेत उठाएका थिए ।
महोत्तरी प्रहरीसँगै ओरेक नेपालकी अधिकृत दियालीले समेत टिकटक भिडियो देखेर ती किशोरी मुम्बई जाँदै गरेको बयान दिएको बताएकी थिइन् तर पीडितका आफन्तले आफ्ना बालिकालाई विभिन्न धम्की र लोभलालच दिएर ओरेक नेपालले अपराधीसँगको साँठगाँठमा बयान फेर्न लगाएको नाम नछाप्ने शर्तमा एक बालिकाकी आमाले छोरीको भनाइलाई अघि सार्दै दाबी गरेकी छन् । उनीजस्तै सातै जना बालिकाका आफन्तले ओरेक नेपालले काउन्सिलिङको बहानामा आफ्ना बालबालिकालाई कसैले सोधेमा आफूले भनेजस्तै कुरा मात्रै भन्ने र अरु कुरा भनेमा तिमीहरुलाई प्रहरीले जेलभित्र हालिदिनेसमेत धम्की दिएको उनीहरुको आरोप छ ।
यता सातै किशोरीलाई करिब एक सातासम्म काउन्सिलिङ गरेका ओरेक नेपालकी अधिकृत दियालीले आफूहरूले उनीहरूलाई मनोपरामर्श सेवा दिएको र कुनै धाकधम्की नदिएको दाबी गरृको छ । उनले आफूहरू अनुसन्धान गर्ने निकाय नभएकाले घटनामा अर्को पक्षको संलग्नताबारे पनि कुनै जानकारी नरहेको थपे ।
यसैबीच चार महिनाअघिको त्यो घटना सामसुम हुन लागेको बेलामा पूजा पासवानले कुनै बेला नजिकको साथी रहेका जितेन्द्रमाथि योजनाबद्धरूपमा किशोरीलाई बेच्न लागेको आरोप लगाएको र बालिकाका आफन्तले ओरेक नेपालकी अधिकृत दियालीले आफ्ना बालबालिकालाई धाकधम्की दिएर बयान फेर्न लगाएको आरोपसमेत बाहिर आएपछि यस घटनाले नयाँ मोड लिएको हो ।
घटनामा शङ्कास्पद पात्र मानिएकी पूजाको यो बयानले प्रहरी अनुसन्धानमाथि पनि प्रश्न उठेको छ भने यस घटनामा प्रहरी र ओरेक नेपाल दुवैको संलग्नता अपराधीसँग भएको हुनसक्ने शङ्कासमेत पैदा भएको छ । बालिकाका आफन्तले यस घटनाबारे केन्द्रीय प्रहरी, प्रदेश प्रहरी, महिला तथा बालबालिका आयोग, मानवअधिकारलगायतका सरोकारवालासँग पुनः छानबिन गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन जोडदार माग गरेका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार