देउवा स्वास्थमन्त्री तत्कालै तोक्ने पक्षमा
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार २०:४९:८
१० साउन, काठमाडौं । कोरोना कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेलासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ मन्त्रालय खाली राखेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ ।
तर सत्तारुढ गठबन्धनबीच अझै समझदारी बनिनसकेकाले तत्कालै मन्त्रिपरिषद विस्तार हुने अवस्था देखिंदैन । त्यसैले प्रधानमन्त्री देउवा स्वास्थमन्त्री भने तत्कालै तोक्ने पक्षमा छन् ।
स्वास्थमन्त्रालय कुन पार्टीको भागमा पर्ने भन्ने अझै तय भइनसकेपनि जनता समाजवादी पार्टीले दाबी गरेको अवस्था छ । जसपा भोलि निर्वाचन आयोगको फैसला आउनु अघि सरकारमा सहभागी हुने स्थितिमा छैन । त्यसैले प्रधानमन्त्री देउवा संकटमा छन् ।
देउवाले स्वास्थमन्त्रीको नामदिन जसपा अध्यक्ष उपेन्द्र यादवलाई आज बिहान पनि आग्रह गरेका थिए । यादवले भने अझै केही दिन पर्खिनुपर्ने छ।
जसपाले मन्त्री परिषदमा कसलाई पठाउने भन्ने विषयमा प्याकेज सहमति गर्नुपर्ने सर्त राखेको छ । तर पार्टीको आधिकारिकता सम्बन्धी मुद्धाको किनारा नलागेसम्म निर्णय गर्ने अवस्थासमेत छैन । जसले गर्दा प्रधानमन्त्री देउवा तनावमा छन् ।
स्वास्थमन्त्री तत्कालै नियुक्त गर्न चौतर्फी दबाब बढेकाले देउवाले तत्कालका लागि नेपाली कांग्रेसबाटै नियुक्त गर्ने मूड बनाएको बालुवाटार स्रोतले बतायो ।
देउवाले पार्टी महामन्त्री डा. शशांक कोइरालालाई स्वास्थमन्त्रालयको जिम्मेवारी वहनगर्न आग्रह गरेका थिए । तर डा. शशांकले आफू मन्त्री बन्न नहतारिने बरु दिदी सुजातालाई उपप्रधानमन्त्रीसहित स्वास्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाएका छन् । देउवा भने सुजातालाई स्वास्थ जस्तो संवेदनशील मन्त्रालय दिने पक्षमा छैनन् ।
कांग्रेसमा तेस्रो धारका रुपमा रहेका कृष्णप्रसाद सिटौलाका तर्फबाट गगन थापालाई स्वास्थमा लैजान सुझाव दिइएको थियो । तर देउवाले गगनलाई स्वास्थमन्त्री बनाउन खासै रुचि देखाएनन् । त्यसैले गगन तत्कालै मन्त्रीबन्ने स्थिति देखिएको छैन ।
जसले गर्दा देउवालाई मन्त्री तोक्नै मुश्किल भइरहेको छ । पात्र जो भएपनि अब भने स्वास्थमन्त्रालय लामो समय खाली राख्न नसकिने भन्दै देउवाले पुष्पा भूषाललाई जिम्मेवारी दिन सक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार