रसुवामा नयाँ प्रविधिको टेलिफोन सेवा
नेपालबहस संवाददाता
साउन १२, २०७८ मंगलबार २२:३:३९
◊ज्ञानेन्द्र न्यौपाने
१२ साउन, रसुवा । रसुवामा नयाँ टेलिफोन लाइन विस्तार हुने भएको छ । अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार गर्ने भएको हो । यसका लागि सर्भे कार्य सम्पन्न भएको नेपाल टेलिकम रसुवाका कार्यालय प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणका कारण नयाँ लाइन विस्तारमा केही ढिलाइ भएको छ । पहिलो चरणमा धुञ्चे, स्याफ्रुबेँसी एवं कालिकास्थान क्षेत्रमा पुरानो टेलिफोन लाइनलाई विस्थापित गरेर नयाँ प्रविधिको टेलिफोन विस्तार गर्ने कार्यतालिका तयार भएको छ ।
फाइवर टु द होम प्रविधिको लाइनबाट टेलिफोनसँगै एडिएसएल इन्टरनेट, मनोरञ्जन र टेलिभिजनसमेत गरी तीन प्रकारका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो चरणमा यो प्रविधिको टेलिफोन लाइन ६१२ ग्राहकले प्राप्त गर्नेछन् । सीमावर्ती क्षेत्र टिमुरेमा जडान भएको ११८ ग्राहकलाई भने यो प्रविधि दोस्रो चरणमा उपलव्ध गराइने प्रमुख खड्काले जानकारी दिनुभयो ।
हाल सञ्चालनमा रहेका टेलिफोन लाइनका तारले बजार क्षेत्र अव्यवस्थित देखिएको छ । नयाँ प्रविधिको जडानले टेलिफोन दिगो र भरपर्दो हुनेमा हुनेमा उपभोक्ता आशावादी छन् । यो सेवा विस्तार भएपछि व्यापारिक केन्द्रका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज हुनेछ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवा प्रवाहमा समेत सहज हुने विश्वास स्थानीयवासीको छ ।
करीब ४३ हजार जनसङ्ख्या रहेको रसुवामा ७३० जनाले टेलिफोन लाइनको सुविधा लिएका छन् । सञ्चार प्रविधिबाट सुविधा लिनेको विवरण तुलनात्मक गर्दा करीब १६ हजार स्थानीय बासिन्दाको खल्तीमा मोबाइल उपलब्ध भएको रसुवा टेलिकमको आँकलन छ । त्यस्तै एडिएसएल सुविधा लिनेको सङ्ख्या भने ५०० मात्र रहेको छ । मोबाइल तथा टेलिफोन सेवा नियमित रूपमा सञ्चालन गराउन विभिन्न १० स्थानमा साना ठूला रिपिटर टावर जडान भएकाले रसुवाका कुना कुनामासमेत मोबाइल सुविधा लिनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको बताइएको छ ।
नेपाल टेलिकमबाट शुल्क तिरेर लिएको एडिएसएल सेवा भने अधिकांश समय अवरुद्व हुँदा आफूहरूलाई अन्याय हुँदै गएको उपभोक्ताले गुनासो छ । अप्टिकल फाइवरमा समस्या देखिएको भन्दै टेलिकमले सहज रूपमा उत्तर दिने गरेको छ । प्रविधिको ज्ञान नहुँदा त्यसको फाइदा टेलिकमले लिइरहेको उपभोक्ताको गुनासो छ । करीब २० वर्ष अगाडि रसुवामा टेलिफोन सेवाको शुभारम्भ भए पनि नेपाल टेलिकमले अझैं गाउँ टोलमा सेवा विस्तार गर्न सकेको छैन ।
प्रत्येक नेपालीलाई सञ्चार सेवा उपलब्ध गराउने सरकारी नीति रहेपनि जिल्लाको पश्चिमी भेकका डाडाँगाउँ, ठूलोगाउँ, यार्सा, सरमथली, भोर्ले, उत्तरी भेकका गोल्जुङ, गतलाङ चिलिमे हाकु, थुमन तथा बृद्विम क्षेत्रका बस्तीमा टेलिफोन सेवा पुग्न सकेको छैन् । त्यस क्षेत्रका बासिन्दाले टेलिफोन लाइन विस्तार गर्न पटक पटक टेलिकम समक्ष आग्रह गर्दै आएको छ ।
नेपाल टेलिकम रसुवाले हाल सुचारु रहेको टेलिफोन लाइन, एडिएसएल सेवा तथा विलम्ब शुल्कबापत मासिक रूपमा रू दुई लाखदेखि रू तीन लाखसम्म राजश्व सङ्कलन गर्दै आएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार