बैंकिङ कसूर मुद्धाका फरार तीन प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
साउन १३, २०७८ बुधबार १८:४१:२६
१३ साउन, म्याग्दी । जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसूर मुद्धामा कैद तथा जरिवाना ठहर भई फरार रहेका ३ जना फरार प्रतिवादीलाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बेनी नगरपालिका-२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका-४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् ।
बैंकिङ कसूर मुद्दामा सुनितालाई ६ महिना कैद तथा ९ लाख ७८ हजार २ सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई ६ महिना कैद तथा ९ लाख ७९ हजार ६ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई ६ महिना कैद र ९ लाख ७० हजार ३ सय ५६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार