मन्त्रिपरिषद विस्तारको तयारीः एमालेको माधव पक्ष र जनमोर्चा सरकारमा सहभागी नहुने, माओवादी र जसपालाई हतारो
नेपालबहस संवाददाता
साउन १३, २०७८ बुधबार १९:३८:१५
१३ साउन, काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ । सरकार गठन भएको दुई साता भन्दा बढी समय भैसक्दासमेत शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन् । यस बीचका केही नियूक्तिहरु हेर्दा जनतालाई जुन जोगी आएपनि कानै चिरेको उक्ति चरितार्थ भएको अनुभूति भैरहेको छ ।
सोही सन्दर्भमा आज बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपालाई सरकारमा सहभागी हुन हतार भएपनि एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा तत्काल नजाने बताएका छन् । त्यस्तै गठबन्धनमा सहभागी चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले पनि सरकारमा सहभागी नहुने जानकारी आजको बैठकमार्फत गराएको छ ।
प्रधानमन्त्री देउवाले बुधबार बिहान गठबन्धन दलहरुको बैठक बोलाएका थिए, सो बैठकमा माधव नेपाल आफै सहभागी नभई डा. विजय पौडेललाई पठाएका थिए । बैठकमा सहभागी एमाले नेता पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सहभागी दलहरुलाई मन्त्रिमण्डल गठनमा ढिलाई भईरहेकोले आ–आफ्नो दलबाट प्रतिनिधित्व हुने गरी मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए ।
तर ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना नभएको जानकारी दिदै एमाले एकताकै लागि प्रयास गरिरहेको जनायौं,’ डा. पौडेलले भने । जवाफमा प्रधानमन्त्रीले पनि तपाईंहरुको समस्या बुझेको बताएका थिए । डा. पौडेलले आफूहरुलाई नकुर्न र मन्त्रिपरिषद विस्तार गर्न बैठकमा कुरा राखेको जनाए । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा सहभागी हुनेहरुको नामावली छिट्टै उपलब्ध गराउने बताएका थिए ।
बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको र छिटो मन्त्रिपरिषद विस्तार गर्ने निर्णय भएको कांग्रेस नेता पूर्णबहादुर खड्काले बताए । कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई-दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।
बैठकमा प्रधानमन्त्री देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन महामन्त्री खड्कालाई निर्देशनसमेत दिएका थिए ।खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् ।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए ।
अब जनता समाजवादी पार्टी (जसपा)लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट एक नेताले बताए । ती नेताले भने, ‘जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलिसकेकाले अब मन्त्रिपरिषद विस्तार हुन्छ । त्यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो ।’ निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिईसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार