शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्ने खोज्ने ६ जना पक्राउ
नेपालबहस संवाददाता
साउन १३, २०७८ बिहिबार २:२५:४७
१३ साउन, मोरङ । सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका-६ घर भएका ३० वर्षीय चिरञ्जिवी राई, भोजपुर पौवादुम्मा गाउँपालिका-३ घर भएका ३० वर्षीय नगेन्द्र राई, सुनसरी गढी गाउँपालिका-१ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका-५ बस्ने २२ वर्षीय मिशन राई र मोरङ सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।
उक्त ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्न योजना बनाए पनि सफल हुन नसके पश्चात वुढी खोलाको बाटो हुँदै ईटहरीतर्फ गएको र साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको तथा साउन १ गते दिउँसो उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियार सहित प्रमोद चौधरी लगायत ३ जना प्रवेश गरेको र अन्य ३ जना उक्त पसलको वरिपरि निग्रानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जनाएको छ ।
साथै सुन्दरहरैचा नगरपालिका-५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाई राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ४ राउण्ड गोली र २ थान संचार सेट प्रहरीले बरामद गरेको छ ।
साथै उनीहरुको साथबाट को.२ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १-०२-०४४ प ५९९५ मोटरसाईकल, को.२० प १८६ मोटरसाईकल, को.८ प ६५८३ मोटरसाईकल, को.२१ प ६७०३ मोटरसाईकल, ८ थान मोबाइल र नगद १६ हजार १ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार