योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथग्रहणः कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थान प्राथमिकतामा
नेपालबहस संवाददाता
साउन १४, २०७८ बिहिबार २३:५०:३४
१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज शपथ लिएपछि पदभार ग्रहण गर्दै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताएका हुन् । उनले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताए ।
सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले पौडेललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । त्यसपछि उपाध्यक्ष पौडेलले आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई शपथग्रहण गराए ।
गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल नियूक्त गरेको थियो भने सदस्यमा फुयाँल र गुरुङलाई पुर्ननियुक्त गरेको थियो । शपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरूङले पनि आजै पदभार ग्रहण गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार