ठेकेदार इन्द्र बानियाँको कम्पनीले कालोपत्रे नगरेपछि जनप्रतिनिधिले सडकमै रोपे कोदो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन १४, २०७८ शुक्रबार १:६:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/Indra-Baniya-scaled-e1627569533719_gkt55D24gB.jpg)
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसको बाग्मती प्रदेश संसदीय दलका नेता एवं ठेकेदार इन्द्र बानियाँको कम्पनीले समयमै काम नगर्दा स्थानीय जनप्रतिनिधि नै आक्रोशित हुन थालेका छन् । उनको बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा हेटौँडाले उक्त सडकखण्ड कालोपत्रको ठेक्का लिएको छ ।
करिब रु आठ करोड ५० लाखको लगानीमा गोरखा सदरमुकामस्थित हस्पिटलचोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४.६ किलोमिटर सडक निर्माणको बाँनिया कन्स्ट्रक्शनले पाएको छ । ठेकेदारको लापरवाहीका कारण अहिले थोरै वर्षा हुनेबित्तिकै साना तथा ठूला सवारीलाई चल्न सक्दैनन् ।
सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै आज गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयबासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ ।
गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए । ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा–४ र ८ को बीचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए ।
“नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन”, उनले भने “ठूला सवारी साधानसमेत घण्टौं फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।” ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए ।
ठेकेदारले निर्माण सामग्रीको अभाव देखाउने गरेको इञ्जीनियर सुवेदीको भनाई छ । यहाँको दोस्रो ठूलो व्यापरिक केन्द्र आरुपघाट बजारसम्म जोडिने मूल सडक भएकाले पूर्वाधार विकास कार्यालयले बर्खाका बेला कम्तीमा एकलेन चल्ने सक्ने अवस्थामा बाह्रै महिना सवारी आवागमनमा कुनै समस्या नहुने गरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि अटेरी गरेको कार्यालयका इञ्जीनियर गणेश सुवेदीले जानकारी दिए ।
“सडक निर्माणका जिम्मा लिएपछि निर्माण कम्पनीले नियमित सवारी चल्ने अवस्थामा सडकलाई राख्नुपर्छ”, उनले भने, “यसका लागि कार्यालयले बारम्बार लिखित तथा मौखिकरूपमा ठेकेदार कम्पनीलाई त्यही अनुसारको निर्देशन दिएका छौँ, तर उनीहरुले हेलचक्र्याइँ गरिरहेका छन् ।” जनप्रतिनिधि र स्थानीयबासीले कोदो रोपाइँ गरेको स्थानमा बर्खामा एक लेन मात्र पनि ढलान गरेर सक्न कार्यालयले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेको उनले बताए ।
दैनिक दर्जनौं सवारी साधन र यात्रुले हैरानी खेप्नुपरेको भए पनि स्थानीय जनप्रतिनिधिले चासो नलिएको जनाउँदै सर्वसाधारण र यात्रुहरुले चर्को विरोध गरेपछि जनप्रतिनिधिले विरोधस्वरुप ठेकेदार कम्पनी र आयोजना कार्यालयको ध्यानकर्षंण गराउन कोदो रोपाइँ गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ । उनले सडकमा तत्काल सवारी चल्ने अवस्था नरहे आफूहरु धर्नामा बस्न बाध्य हुने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
फागुन २, २०८१ शुक्रबार
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार