एसएसबीले तुइन काटिदिँदा एक जना बेपत्ता, स्थानीय आक्रोशित
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार १८:३५:१६
१५ साउन, दार्चुला । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।
महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भने, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।”
धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार