आधा क्षमतामा खुले बागलुङका होटल, होम डेलिभरी दिन पाउने

नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार २०:५:१६

रामबहादुर थापा
१५ साउन, बागलुङ । पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित आजदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो ।
यसअघि होटल तथा रेष्टुराँलाई साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ दिन पाउने प्रावधान तोकिएको थियो । व्यवसायीको मागलाईसमेत दृष्टिगत गरी होटल सञ्चालनको अनुमति दिइएको केन्द्रले जनाएको छ ।
होटल व्यवसायीले प्रमुख जिल्ला अधिकारीसमक्ष खोपको प्रबन्ध र व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गर्दै गत सोमबार ज्ञापनपत्र बुझाएका थिए । होटल व्यवसायी र कर्मचारीले छिट्टै खोप पनि पाउने भएका छन् ।
बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन होटल तयार रहेको बताए । सेवा क्षेत्रका व्यवसायमा आबद्ध सबैलाई खोपको सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ ।
कोरोनाको प्रत्यक्ष मारमा परेको होटल क्षेत्रलाई उकास्न राज्यले व्यवसायी लक्षित राहत तथा पुनःस्थापना कार्यक्रम ल्याउनुपर्ने माग गर्दै आएका छन् । जिल्लामा झण्डै २०० होटल तथा रेष्टुराँ छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण विगत डेढ वर्षदेखि व्यवसाय थलिएको छ । कतिले रोजगारी गुमाएका छन् ।
रेष्टुराँ सञ्चालनमा भने अझै पनि कडाइ कायमै छ । रेष्टुराँ तथा खाजाघरले साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा दिन पाउँछन् । खुकुला प्रावधानसहित जारी निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म यथावत् रहने केन्द्रले जनाएको छ ।
सार्वजनिक यातायातदेखि पसल, व्यवसाय सबैलाई समय र सेवाको मापदण्ड तोकेर खुला गरिएको छ । शैक्षिक संस्था, मठ मन्दिरलगायत मानिसको भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले पनि पूर्ववत्रुपमा नियमित सेवा दिइरहेका छन् ।
सहकारीले घरदैलो गरेर बचत सङ्कलन गर्ने कार्यमा भने रोक लगाइएको छ । ‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, शैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर, तालीम केन्द्र आदि सञ्चालनमा भने रोक लगाइएको छ ।
धार्मिकस्थलमा पनि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने जनाइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । यहाँ कोरोनाका सक्रिय सङ्क्रमित ३४४ छन् भने ६२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा मट्का बिर्यानीको हव वन्दै ओल्ड टाउन रेष्टुरेन्ट
फागुन १, २०८१ बिहिबार
होटल बराही काठमाडौंलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र
माघ ६, २०८१ आइतबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते

बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ
फागुन १६, २०८१ शुक्रबार
आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
फागुन १६, २०८१ शुक्रबार
भूकम्प अपडेटः ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
फागुन १६, २०८१ शुक्रबार
भारत क्षयरोग अन्त्यको दिशामा तीव्र गतिमा अघि बढ्दै : स्वास्थ्यमन्त्री
फागुन १६, २०८१ शुक्रबार
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा