चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघ्याे
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार २०:२५:२
◊नारायण अधिकारी
१५ साउन, चितवन । जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय संक्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको संक्रमित यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगेको हो ।
कार्यालयका अनुसार पछिल्ला केही दिनमा संक्रमितको सङ्ख्या बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते संक्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।
असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५४८ रहेको संक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८, १८ गते १ हजार २२० हुँदै असार २३ गते १ हजार २७१ पुगेको थियो । उनका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ संक्रमित मात्र १ हजार ३४ थपिएका छन् ।
संक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जन निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै गएको जानकारी दिए । उनले भने “राम्रोसँग संक्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।” कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उनले कारोना सङक्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गरे ।
जिल्लामा रहेका संक्रमित मध्ये ११६ का अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५ होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ । कूल संक्रमित संख्या २० हजार ९० पुगेको छ ।
जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २१३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२ भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार