यी हुन् दक्षिण कोरियामा विद्यार्थी पठाउँछु भन्दै ठगी गर्ने कन्सल्टेन्सीहरु
नेपालबहस संवाददाता
साउन १५, २०७८ शनिबार २:२६:४१
१३ भदाै, काठमाडौं । नेपालका केही कन्सल्टेन्सीहरुले विद्यार्थीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको रहष्य खुलेको छ ।पछिल्लो समय दक्षिण कोरियाले विद्यार्थी भिसामा सत प्रतिशत रिजेक्शन गरेपछि यस्तो रहस्य खुलेको हो ।
सीटी वर्ल्ड कन्सल्टेन्सी, एसडी मिराकल एजुकेशन, सिल्भर एजुकेशन, सिवन एजुकेशन, एसआईइएमई, एनसीएस कन्सल्टेन्सी, भ्याली एजुकेशन, लगइन एजुकेशन कन्सल्टेन्सी, इङ्लिसर प्रा. लिले गलत विद्यार्थीहरु जम्मा पार्दै कोरियामा राम्रो काम पाइन्छ भनेर प्रलोभन देखाउँदै ठगी गरिरहेको बताइएको छ ।
विद्यार्थीहरुले सत प्रतिशत भिसा लाग्ने भनेर सर्भिस चार्ज भन्दै कन्सल्टेन्सीले पहिला नै १ लाख ५० हजार लिएको बताए । नेपालका नाम चलेका कन्सल्टेन्सीहरुले योग्यता नपुगेका विद्यार्थीलाई पनि एप्लाई गर्न लगाउने र उनीहरुबाट महङ्गो सर्भिस शूल्क लिएर ठग्ने गरेको खुलेको हो ।
एक शैक्षिक परामर्श व्यवसायीले भने, ‘धेरैले कोभिडका कारण रिजेक्शन भएको भनेका छन् । कोभिड बहाना मात्र हो । धेरै कन्सल्टेन्सीले फेक विद्यार्थीहरुको अप्लिकेशन हालेकाले रिजेक्शन भएको हो ।’
‘१५ सय डलर सर्भिस चार्ज लाग्छ । भिसा र कलेज फी फरक हो । काम फालाफाल पाइन्छ’, व्यवसायीको भनाई उदृढ गर्दै ती विद्यार्थीले भने, ‘इपीएस पास गरेर बसेको थिएँ । मलाई जसरी पनि कोरिया जानुछ भन्ने लाग्यो । साथीको लहलैमा लागेर कन्सल्टेन्सीमा पुगेको थिए । भिसा नलागेपछि यिनीहरुको बदमासी थाहा भयो ।’
अर्का एक विद्यार्थीले आफूले सुरुमै दिएको पैसा फिर्ता माग्दा नदिएको बताए । ‘मैले झण्डै १ लाख ६० हजार भन्दा धेरै खर्च गरेको छु । त्यो पैसा माग्दा दिएनन् ।’ उनले भने, ‘सर्भिस चार्ज हो यो कहाँ फिर्ता गर्न मिल्छ र भनेर उल्टै थर्काएर पठाए ।’ आफूले कोरिया जानकै लागि ठूलो रकम ऋण काढेको उनको भनाई थियो ।
यस विषयमा कन्सल्टेन्सी संचालकले भने घुमाउरो पारामा आफूले पैसा उठाएको बताए । ‘हामीले नराम्रो गरेका छैनौँ । यदि कसैलाई त्यस्तो परेको छ भने समस्याको समाधान गरिदिन्छौँ ।’ एक व्यवसायीले भने, ‘तपाईँको सम्पर्कमा आएका विद्यार्थीलाई मेरो नम्बर दिनुहोस्, म समस्याको समाधान गरिदिन्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार