मधुश्रावणी पर्वसँगै खीर
नेपालबहस संवाददाता
साउन १५, २०७८ शनिबार ३:४२:१३
नानीमैया कटवाल
१५ साउन, सप्तरी । कला र संस्कृतिको धनी मानिने मिथिलाञ्चलमा आज मधुश्रावणी पर्वसँगै विभिन्न संस्थाले खिर खाने पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरी, सप्तरी जिल्ला अदालत वार एकाई, राजविराज उच्च अदालत बार एशोसिएसन र उच्च अदालत जनकपुर राजविराज इजलाशले राजविराजमा आज छुट्टा–छुट्टै कार्यक्रम गरी मधुश्रावणी पर्वसँगै खिर खाने कार्यक्रम मनाएका हुन् ।
सञ्जालद्वारा राजविराज जेसीज भवनमा आयोजित कार्यक्रममा मालती चौधरीले मधुश्रावणी पर्वको महत्वका बारेमा दर्शाए। श्रावण कृष्ण पञ्चमीको दिनदेखि शुरु हुने मधुश्रावणी पर्व विशेष विधिका साथ तेह्र दिनसम्म मनाइने जानकारी दिदै चौधरीले मिथिलामा नवविवाहिता बधुको सबभन्दा ठूलो व्रतको रुपमा मानिने मधुश्रावणी पर्व श्रावण शुक्ल तृतीया तिथिका दिन समापन हुने जानकारी दिए।
सञ्जालकी पुनम पोखरेलले साउन महिना बर्षाको समयमा लाग्न सक्ने विभिन्न संक्रमण रोगहरु नलागोस् तथा रोगको संक्रमण नहोस् भन्नका लागि खीर खाने गरिएको बताइन । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले कृषिप्रधान देशमा कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकसित भएको उनले बताइन ।
अधिवक्ता मनु खनालले साउन महिनामा हुने शिवपुजन र हरियो चुराको महत्वबारे प्रकाश पारे । सञ्जालकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षता र कोषाध्यक्ष ललीता कर्णको संयोजनमा भएको कार्यक्रमकी प्रमुख अतिथि मञ्जु श्रेष्ठले धार्मिक र सांस्कृतिक रुपमा पर्वहरुलाई गलत रुपमा व्याख्या नगरी महिला र पुरुषले समानतापूर्वक मनाउनु पर्ने बताइन।
यसैगरी जिल्ला बार एकाई तथा राजविराज उच्च अदालत बार एशोसिएसन र उच्च अदालतले आफ्नै सभाकक्षमा कार्यक्रम गरी खिर खाने दिन भव्यताका साथ मनाएको छ ।
नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विवाह–व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । अदालतका न्यायाधीश, कर्मचारीहरु र कानुन व्यवसायीहरुले सँगै बसेर खिर खाँदै खिरको महत्वबारे चर्च गरे । दूधको कमी नहुने यो शुद्ध र प्राकृतिक महिनामा खीर खाएर गति परिन्छ भन्ने धारणा छ ।
उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादवले बालीनाली सप्रियोस्, मानो खाएर मुरी उब्जियोस् र सबैको विचार खीर जस्तै सेतो, स्वच्छ र मिठो होस भनेर शुभकामना व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार