दुई अभियन्ता बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित
नेपालबहस संवाददाता
साउन १६, २०७८ आइतबार ४:९:२३
नानीमैया कटवाल
१६ साउन, सप्तरी । मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पु¥याएकोमा सप्तरीको दुई अभियन्तालाई आज बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको छ ।
२९औं प्रकाश स्मृति दिवसका अवसरमा राजविराजमा आयोजित कार्यक्रममा राजविराज–७ की अनीता देवकोटा र खडक नगरपालिका–८ की रुबी कर्णलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । उनीहरुलार्ई पुरस्कारस्वरुप नगद ५ हजार एक सय पाँच रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिएको छ ।
एकल महिला र उनीहरूमा आश्रितले भोगिरहेको गरिबी, विभेद र अन्यायविरुद्ध कटिबद्ध रही विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि एकल महिलालाई सशक्त गराउने अभियानमा एकल महिला समूह सप्तरीको संस्थापक भई हाल प्रदेश २ की अध्यक्ष रहेकी देवकोटालाई वर्ष २०७८ का लागि पुरस्कृत गरिएको हो । मानव अधिकारको रक्षा र प्रवर्धन, उपेक्षित, उत्पीडित एकल महिलाबारेको आमधारणा र व्यवहारमा परिवर्तन ल्याउन तथा सकारात्मक दृष्टिकोण बनाउन देवकोटाले निरन्तर आवाज उठाइ रहेका छन् ।
यसैगरी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिई ग्रामीण भेगमा २०६४ सालमा सहकारी स्थापना गरी सिपमूलक, आयमूलक कार्यक्रम सञ्चालन गर्दै गरीब, असहाय, अल्पसङ्ख्यक, उत्पीडनमा परेका महिलाको चेतना अभिवृद्धिमा योगदान गरेकोमा कर्णलाई वर्ष २०७७ का लागि पुरस्कृत गरिएको छ । कोभिड–१९ को महामारीका कारण गत वर्ष पुरस्कार वितरण कार्यक्रम हुन सकेको थिएन् ।
बैद्य–प्रकाश मानवअधिकार कोष समितिद्वारा आयोजित कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष एव्म इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्नो लागि नभई अरुको अधिकारको सम्मान गर्नु नै मानव अधिकार भएको बताए । मानव अधिकारप्रति संविधान र दलहरु प्रतिबद्ध रहेकोमा गौरव महसुस गर्दै प्याकुरेलले मानव अधिकारको प्रगतिशील व्याख्या गर्न जरुरी रहेको र सबैभन्दा अपहेलित, पछाडि पारिएकाहरुलाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख बिरबहादुर मगरले जातीय विभेद र महिला हिंसालगायत सबै प्रकारका बिकृतिविरुद्ध सङ्गठित भएर अगाडि बढनु पर्ने बताए । बढदो हिंसाका विरुद्ध राज्यले मात्र नभई सबैले योगदान गर्नुपर्ने आवश्यक्ता मगरले औल्याए ।
पुरस्कार कोषका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख साधना झा, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जेष्ठ नागरिक महासंघका प्रदेश २ अध्यक्ष शंकर शारदा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादव, महिला शिक्षक मञ्जु श्रेष्ठले मानवअधिकारको चेतना गाउँ–गाउँसम्म पु¥याउनुपर्ने र सरोकारवाला निकायले मानव अधिकारको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
कोषका सदस्य मनोहर पोखरेलद्वारा सञ्चालित एवम् कोषका सदस्य तथा मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी भट्राईद्वारा स्वागत गरिएको कार्यक्रममा पुरस्कृत देवकोटाले आफ्नो प्रतिबद्धता र अनुभवहरु सुनाए ।
कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक सोमराज थापा, प्रदेश २ का संयोजक राजु पासवान, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, सञ्चारकर्मी, अधिकारकर्मी, कानुन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज–६ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषमा उनकी आमा चन्द्रादेबी झाले सामाजिक सुरक्षा भत्तावापत पाउनु भएको ५० हजार थप गरे ।
यसैगरी पुरस्कृत कर्णले प्राप्त पुरस्कारमा थप गरी १० हजार २ सय रुपैयाँ कोषमा जम्मा गरे । उक्त पुरस्कारबाट पहिलोपटक सुरुङ्गा नगरपालिका–४ का बलदेव राम, दोस्रो पटक छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक, तेस्रो पटक अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का असर्फि सदा र चौथो पटक राजविराज नगरपालिका–६ का मनोहर पोखरेल सम्मानित भएका छन् ।
इन्सेकका संस्थापक महासचिव र मानव अधिकार संरक्षण मञ्चका आजिवन महासचिव काफ्लेको ४० वर्षको उमेरमा ०४९ साउन १६ गते थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा दुर्घटना हुँदा निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार