गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार २०:१७:२४
१७ साउन, दमौली । कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई रु दुई लाख १८ हजार ५३७ बराबर स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने जनाउँदै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरे । गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, फेसशिल्ड, स्यानीटाइजरलगायतका सामग्री सहयोग गरिएको छ ।
यसअघि सोही संस्थाले दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । दमौली अस्पताललाई रु १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।
उक्त संस्थाले गण्डकी प्रदेशका सात अस्पताललाई रु एक करोड २० लाख ९८ हजार ४११ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार