अमेजनमाथि हालसम्मकै ठूलो जरिवाना
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार २१:५०:४२
१७ साउन, एजेन्सी । अमेजनमाथि हालसम्मकै ठूलो जरिवाना तोकिएका छन् । गोपनीयता कानूनको उल्लंघन गरेको भन्दै युरोपियन युनियनले इ-कमर्श कम्पनी अमेजनमाथि ठूलो जरिवाना गरेको सीएनएनले जनाएको छ ।
विज्ञापनसँग सम्बन्धित विषयमा अमेजनले जनरल डाटा प्रोटेक्सन रेगुलेसनको उल्लंघन गरेको ठहर गर्दै युरोपियन युनियन अन्तर्गतको नियामक निकायले अमेजनमाथि ७४ करोड ६० लाख युरो अर्थात् १ खर्ब रुपैयाँ भन्दा धेरै रकम जरिवाना गरेको समाचारमा जनाइएको छ ।
इयूको उक्त निर्णय गत जुलाई १६ मै भएको भएपनि शुक्रबार मात्र सार्वजनिक गरिएको हो । इयूमा उक्त कानून लागू भएयता अमेजनमाथिको यो जरिवाना हालसम्मकै ठूलो हो । यसअघि सन् २०१९ मा गुगलमाथि ५ करोड युरो जरिवाना गरिएको थियो ।
व्यक्तिगत डाटाको प्रशोधनमा अमेजनले जनरल डाटा प्रोटेक्सन रेगुलेसनको पालना गरेको छैन । अमेजनले भने आफूमाथि इयूले लगाएको जरिवाना तर्कसंगत नरहेको र यस निर्णयका विरुद्धमा न्यायिक उपचार खोज्ने माचारमा जनाएको छ ।
लक्जेम्बर्गस्थित डाटा नियामक निकायले अमेजनमाथिको उक्त जरिवानाको निर्णय गरेको हो । स्मरण रहोस् लक्जेम्बर्गमै अमेजनको युरोपस्थित मुख्यालय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार