अनुदानकाे ३२ लाख डोज खोप एक साताभित्रै नेपाल आउने
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार २२:८:४९
१७ साउन, काठमाडौं । एक साताभित्रै नेपालमा ३२ लाख डोज कोरोना खोप आउने भएको छ । चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यसै साताभित्र नेपाल आउने भएको हो ।
आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप यही साताभित्र आउने बताए । केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६-१६ लाख डोज खोप दिने उल्लेख गरेका थिए ।
चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो। त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ। सोही खोप अहिले देशभर लगाइराखिएको छ।
जापानले भने खोप पहिलोपटक दिन लागेको हो। जापानले दिन लागेको खोप एन्ट्रेजेनेकाको हो। सरकारले उक्त खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाउने तयारी गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार