आलोचनालाई अवसरमा बदल्न नगर प्रमुख खाँणकाे आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १८, २०७८ सोमबार १३:१७:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/Dalit_pro_waling-dilip_sir_MNywLgYLUc.jpg)
तोलाकान्त बगाले
१७ साउन, वालिङ। वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले आलोचनालाई अवसरकोरुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७/०७८ मा गरेका कार्यहरुको दुई दिने वार्षिक समीक्षा कार्यक्रमको समापन गर्दै उनले काम गर्दा गर्दै पनि कहिले काँही आलोचना आउन सक्छन् त्यस्तो अवस्थामा हतोत्साहित भएर होईन कमी कमजोरीहरुलाई सुधार गर्ने अवसरकोरुपमा लिएर अगाडि बढ्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सुझाव दिए ।
“नियम तथा कानूनले निर्दिष्ट गरेका कार्यहरु कोही कसैप्रति पूर्वाग्रह नराखी सबैलाई समान राखेर नियतरहित सेवा प्रवाह गर्नुहोस्” नगर प्रमुख खाँणले भने, “राम्रो गर्दा गर्दै पनि विभिन्न खालका आलोचनाहरु आउन सक्ने भएकाले यसलाई सुधार गर्ने अवसरकोरुपमा लिई अझै समयानुकुल परिमार्जित गरी अगाडि बढौं ।”
समीक्षा कार्यक्रमबाट प्राप्त उपलब्धीहरु अभिलेखकोरुपमा राख्नुकासाथै समग्रमा नगरपालिकाले प्रकाशन गर्ने प्रगति विवरणसम्बन्धी पुस्तिकामा समावेश गर्ने नगर प्रमुख खाँणले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वडागत तथा शाखागतरुपमा आएका असल अभ्यासहरुलाई निरन्तरता र कमि कमजोरीहरुलाई आगामी आर्थिक वर्षमा सुधार गर्दै लगिने बताए । उनले समीक्षा गर्ने कार्यले अहिलेसम्मको अवस्थाकाबारेमा जानकारी भई अबकालागि योजना बनाउनका लागि कोशेढुंगाकोरुपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले नगरको विकासका लागि एउटा वडा तथा शाखाले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदानमा समीक्षाले सहयोगी हुने धारणा राखे । उनले प्राप्त सुझावहरुलाई कार्यान्वयनको चरणमा लैजान सबैको सामूहिक पहल आवश्यक पर्ने बताए ।
नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने