मनसुनजन्य विपद: ६७ जनाकाे मृत्यु, ८१ घाइते ! ४० बेपत्ता
नेपालबहस संवाददाता
साउन १८, २०७८ सोमबार २१:३६:२८
१८ साउन, काठमाडौं । यस वर्षको मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु हुनुका साथै ४० जना बेपत्ता भएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मनसुनजन्य विपद्बाट यो वर्ष ८१ जना घाइते भएको जानकारी गराएका हुन् ।
विपद्बाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्कीलगायत ५५ जिल्ला प्रभावित भएको बैठकमा बोल्दै उनले बताए ।
विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि उनले उल्लेख गरे । उनले असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको बताए ।
३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति उनले जानकारी दिए । उक्त क्षेत्रमा पुनःनिर्माणका विभिन्न कामहरु सुरु हुन लागको पनि मन्त्री खाँणले जानकारी दिए ।
प्राकृतिक विपत्तिबाट केही असहजता देखिएको भन्दै ती चुनौती सामना गर्नका लागि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाँणको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार