हचुवाको भरमा आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार १३:७:२५
१९ साउन, काठमाडौं । सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ ।
सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन् ।
सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डीएसपीमा बढुवा हुन सकेका छैनन् । २०६२ सालमा भर्ना भएकाहरू अझै इन्स्पेक्टर नै छन् । २०६४ सालमा भना भएकाहरू डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ ।
यो समस्या समाधानका लागि सशस्त्र प्रहरीमा लामो समयदेखि कुरा उठ्दै आएको छ । इन्स्पेक्टर र डिएसपीको बीचमा चिफ इन्स्पेक्टर पद सिर्जना गरेर समस्या समाधान गर्न महानिरीक्षक खनालले प्रक्रिया अघि बढाएका छन् ।
तर, १६ वर्ष इन्स्पेक्टर भएपछि डिएसपी हुने पालो कुरिरहेका अधिकृतलाई चिफ इन्स्पेक्टर पद निल्नु न ओकल्नु हुने अवस्था देखिन्छ । यसले उनीहरूको मनोबल बढ्ने अवस्था छैन । दृष्टिसाप्ताहिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार