प्रादेशिक बीउ बिजन प्रयोगशाला भवन शिलान्यास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार १३:३६:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/xatrabhawan-house_hBsH1Mp1uh.jpeg)
१९ साउन, कास्की । गण्डकी प्रदेशमा कृषि वस्तुको बीउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ बिजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ ।
पोखरा महानगरपालिका–१७ बिरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे ।
सङ्घीयता कार्यान्वयनपछि साबिकको जिल्ला कृषि विकास कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको प्रयोगशालाको सुविधासम्पन्न भवन निर्माणपछि काममा सहज हुने विश्वास लिइएको छ ।
प्रयोगशाला भवन निर्माणका लागि गत असार २२ गते जिएस इन्जिनीयरिङ एन्ड बिल्डर्स पोखरासँग रु एक करोड ६३ लाख लागतमा ठेक्का सम्झौता गरिएको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय कास्कीको गत वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार निर्माण गरिने भवन विसं २०७९ पुस २२ गते भित्रमा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
प्रमुख खतिवडाका अनुसार दुई तलाको भवनमा तल्लो तलामा बीउ बिजनको प्रयोगशाला रहने र माथिल्लो तला प्रशासनिक कार्यमा प्रयोग गरिने छ । उनले भने, “विगतमा भैरहवा कार्यालयले हेर्ने गरे पनि दुई वर्षअघि गण्डकी प्रदेशमा प्रयोगशालाको कार्यालय स्थापना गरिएको थियो । साँघुरो र जीर्ण भवनबाट बीउ बिजन परीक्षण र प्रमाणित गर्ने कार्यमा समस्या भएकामा आफ्नै भवन बनेपछि सहज हुनेछ ।”
प्रयोगशालाले बीउ विश्लेषण तथा प्रमाणीकरण, प्रादेशिक बीउ उत्पादकहरुको अनुगमन तथा बीउ व्यापारीहरुको नियमन, रैथाने बाली र प्रजनन बीउ संरक्षण तथा सूचीकृत जातका बीउहरुको बजारीकरण गर्दै आएको बताइन्छ ।
कार्यक्रममा मन्त्री बुढाले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। गुणस्तरीय बीउको प्रमाणीकरणपछि मात्र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । कार्यक्रममा मन्त्रालयका सचिव सवनम शिवाकोटीले बीउको प्रयोग गर्दा प्रयोगशालाबाट प्रमाणित ट्याग लगाइएको बीउ मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ