तनहुँका सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार १३:५०:५२
१९ साउन, दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए ।
यसबारेमा राससले सोमबार समाचार प्रकाशन गरेको थियो । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए। “विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ”, बरालले भने ।
व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको बताए । “विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकहरुले जानकारी गराए तर हामीले खोल्ने अनुमति दिएका थिएनौँ”, उनले भने, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौँ ।”
तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ तर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिकरूपमा कक्षा सञ्चालन गरिरहेका थिए । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश