खैरो हिरोइनसहित पक्राउ परेका वडाध्यक्षलाई छुट्याउन पैसाको चलखेल
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार २०:५४:१५
१९ साउन, बीरगञ्ज । ईलाका प्रहरी कार्यालय पोखरियाले लागुऔषध खैरो हिरोइनसहित सार्वजनिक गरेको पकहामैनपुर गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष अमिरका सहनीलाई छुट्याउन मन्त्रालयसम्म दौडधूप चलेको छ ।
वडाध्यक्ष सहनीसहित पक्राउ परेका तिनै जनालाई छुट्याउन २५ लाखसम्मको कुरा भइरहेको एक स्रोतले जनाएको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पोखिरयाका प्रहरी निरीक्षक दीपक थापालाई विभिन्न किसिमको तनाव र राजनीतिक दबाव समेत दिइएको छ ।
बीरगञ्ज महानगरपालिकाको वडा नम्बर १९ वर्वा नजिकैबाट सरकारी मोटरसाईकलसहित गत साउन ३ गते पक्राउ परेका वडाध्यक्ष सहनीको बारेमा केहीले दवाव सृजना गरेपनि अनुसन्धानमा कुनै प्रभाव नपर्ने पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । साथै ९० दिनसम्म म्याद थपेर कारवाही प्रक्रिया बढाउन मिल्ने हुँदा दवाव आएपनि प्रहरीको अनुसन्धानमा कुनै किसिमको आशंका नगर्न उनले अपिल गरेका छन् ।
लागुऔषध ऐन २०३३ अनुसार दोषी ठहर भएमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाखसम्म जरिवानाको सजाय व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार