म्याद सकिएका वस्तुमा नयाँ मिति राखी बेच्ने प्रक्राउ
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार २१:२०:१६
१९ साउन, काठमाडौं । म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको हो । दुई जनाले म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको गुनासोका आधारमा विभागले प्रहरीको समन्वयमा आइतबार काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका–१५ सानो भ¥याङस्थित रहेको समीट कमर्सियल प्रालिमा छापा मारेको थियो ।
कम्पनीले उत्पादन गर्ने म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । गोदाममा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानको काम शुरु भएको छ । “हामीले थाहा पाएसम्म भारतलगायतका देशबाट उक्त वस्तुको आयात गरी खुद्रा तथा होलसेललाई बिक्री गर्ने गरेका रहेछन् । उनीहरुले कस्मेटिकका मात्र सयौँ प्रकार रहेको भनेका छन् । थप वस्तु तथा तीनका प्रकारको विषयमा अनुसन्धान शुरु भइसकेको छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
वीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार