इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुलाई आकर्षक उपहार

नेपालबहस संवाददाता
साउन १९, २०७८ बुधबार ०:५:११

१९ साउन, काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा सहभागी हुनेछन् । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ ।
यस योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत अथवा रू २५० सम्मको छुट पाउने छन् ।
यस्तै हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाइ यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ । यस योजनामा सहभागि हुनका लागि इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एप मार्फत टिकट काट्नु पर्नेछ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार