अख्तियारमा हरिनास गाउँपालिकाका अध्यक्ष मानन्धरबिरुद्ध उजुरीका चाङ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन २०, २०७८ बुधबार १६:३१:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/harinas-gaupalika_3D4htGIiN6.jpg)
२० साउन, स्याङ्जा । स्थानीय तहको बजेटमा मनोमानी ढंगले खर्च गरेको भन्दै हरिनास गाउँपालिकाका अध्यक्ष बिरुद्ध सबैभन्दा धेरै उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेश कार्यालयका अनुसार गत आर्थिक बर्षमा परेका ९ सय ३२ उजुरी मध्ये सबैभन्दा बढी उजुरी हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरबिरुद्ध परेको हो । परेका उजुरीहरुको अख्तियारले गम्भीरतापूर्वक छानविन थालेको जनाएको छ ।
देशमा स्थानीय तहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दैछ । संघीयता लागु भएपछि सबैभन्दा बढी अनियमितता स्थानीय तहमा देखिन थालेका छन् । नयाँ संरचना र लामो समयपछि स्थानीय तहको निर्वाचनले गर्दा जनप्रतिनिधिहरुमा बढी उन्माद देखिएको स्थानीयहरुले बताउँदै आएका छन् । जनप्रतिनिधि जनमुखी भएनन् भनेर आरोप समेत खेपीरहेका बेला कार्यकाल सकिनै लाग्दा सर्वसाधरणले अख्तियारको ढोका ढकढक्याउन थालेका छन् ।
गाँउपालिकाबाट बिनियोजन हुने रकममा मनपरि ढंगले वितरण र खर्च गदै हरेक विकास निमार्णमा आर्थिक अनियमितादेखि गुणस्तरहिन विकास योजना सम्पन्न भएको गाँउपालिकाबासीले आरोप लगाएका छन् । पटक पटक गाँउपालिका अध्यक्ष मानन्धरलाई मनमौजी तरिकाले काम नगरी विकास निमार्णमा साझेदारीको अपनत्व लिन आग्रह गरेपनि दादागिरी शैलीमा अगाडी बढेपछि अनियमिता छानविन गरिदिन अख्तियारको ढोका पुग्न बाध्य भएको स्थानीयहरुले बताएका छन् ।
दुई चरणमा गरेर हरिनास गाँउपालिकाका स्थानीयले अख्तियारमा उजुरी दिएका हुन् । नाम सार्वजनिक नगरिदिने शर्तमा एक स्थानीयले भने, २०७७ साल साउन ८ गते र अर्को २०७८ साल असार २४ गते अख्तियारमा विभिन्न योजनाको नामसहित छानविन गरिदिन निवेदन दिएको छु ।
उनका अनुसार ४ बर्षको अन्तरालमा अध्यक्ष मानन्धरले करोडांै रुपैया भष्टचार गरेको आरोप लगाए । नागरिकको हित भन्दा पनि आफ्नो स्वार्थलाई फाइदा पुग्ने गरी रकम बिनियोजन हुने गरेको दावी गदै ती स्थानीयले भने,‘बजेट निधारर्ण गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेभन्दा बाहिर रहेर हुने गरेका छन् ।’ गाँउपालिकाको भवन, देखि भ्युटावर बनाउदा टेण्डर आब्ह्रान समेत नगरी उपभोक्ताको नामबाट निमार्ण गरिएको छ उनले भने । १ करोड २० लाखको लागतमा गाँउपालिकाको भवन निमार्ण गर्दा सार्वजनिक खरिद ऐन अनुसार टेण्डर नै आब्ह्रान नगरी आफै निमार्ण थाल्दा ठुलो आर्थिक अनियमितता भएको शंका स्थानीयले लगाएका छन् ।
उनका अनुसार गाँउपालिका भवन, बैदी छाप क्याक्मी मोटरबाटो, हरिनास ६ मा निमार्ण गरिएको भ्युटावर लगायत दर्जनौ योजनामा आर्थिक अनियमिता भएको शंका गरी स्थानीयले अख्तियारमा उजुरी दिएका हुन् । यस बिषयमा जानकारी लिन खोज्दा गाँउपालिका अध्यक्ष मानन्धर सम्पर्कमा आएनन् । अध्यक्ष मानन्धर निर्वाचित भएदेखिबाटै विवादमा तानिदै आएपनि उनको खबर खासै बाहिर आएको थिएन । उनीको कार्यशैलीबाट कार्यालयका कर्मचारी र जनप्रतिनिधि समेत असन्तुष्ट रहेको बताइएको छ ।
हरिनास ६ मा निर्माण हुदै गरेको पुर्कोट भ्युटावरको बिषयमा आफुलाई कुनै जानकारी नभएको सोही वडाका अध्यक्ष नरबहादुर थापाले बताए । आफ्नै वडामा भ्युटावर निमार्ण हुदाँ न टेण्डर आब्ह्रान भएको छ न उपभोक्ता समिति गठन गर्दा मलाई जानकारी दिइएको छ, यस बिषयमा आफु अनविज्ञ रहेको वडा अध्यक्ष थापाले बताए । गाँउपालिकाले नै बजेट बिनियोजन गरेको र अध्यक्ष आफैले उपभोक्ता समिति गठन गरेर भ्युटावर निमार्ण गरेको थापाको भनाई छ ।
स्याङ्जाबाट मात्रै गएको आर्थिक बर्षमा १ सय २ उजुरी अख्तियारमा दर्ता भएका छन् । ती मध्ये संघीय सरकारका २१, प्रदेश सरकारका ९ र स्थानीय सरकारका ७२ उजुरी रहेका छन् । तीन तहका सरकार मध्ये सबैभन्दा बढी उजुरी स्थानीय तहकै दर्ता भएको अख्तियारको तथ्याङ्कमा देखिन्छ ।
कुन कुन स्थानीय तहको उजुरी दर्ता भएको छ भन्ने प्रश्नमा अख्तियारले अनुसन्धानमा समस्या हुने भन्दै नाम बताउन चाहेन । सबै जसो उजुरीमा सरकारी अनुदान र विकास सम्वन्धी रहेको बुझिएको छ । यस बिषयमा अख्तियारले कसरी आफ्नो अनुसन्धानलाई अगाडी बढाउने हो, त्यो भने हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार