साउन २२ गतेदेखि देशैभर भेरोसेलको दोस्रो डोज लगाइने
नेपालबहस संवाददाता
साउन २०, २०७८ बुधबार १८:७:४
२० साउन, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार ‘यही साउन २२ गते’ देखि देशैभर सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो ।
गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो ।
आफूलाई पायक पर्ने काठमाडौं जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् ।
मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार