छाडा चौपाया व्यवस्थापनले हट्यो किसानको हैरानी
नेपालबहस संवाददाता
साउन २०, २०७८ बुधबार १८:३९:३६
राजेन्द्रप्रसाद पनेरु
२० साउन, कञ्चनपुर । छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि शुक्लाफाँटा नगरपालिकाका किसानले खेप्दै आएको हैरानी हटेको छ । सडक दुर्घटनामा समेत निकै कमी आएको छ । विगतमा छाडा चौपाया भगाउनकै लागि नगरपालिका क्षेत्रका किसानले रातभर खेतबारीमै जाग्राम बस्नुपर्ने अवस्था थियो ।
रातभर किसानका खेतमा गएर बालीनालीमा नोक्सानी पु¥याउने छाडा चौपाया दिनभर पूर्वपश्चिम राजमार्ग क्षेत्रमा आएर बस्ने हुँदा सडक दुर्घटना बढ्दोरूपमा रहेको थियो । छाडा चौपायाबाट हैरान भएका स्थानीय किसानले नगरपालिकामै ल्याएर छाडा चौपायालाई थुनेपछि नगरपालिकाले बाध्य भएर छाडा चौपाया व्यवस्थापनको कार्य अगाडि बढाएको हो ।
विसं २०७४ मा नगरपालिकाले वडा नं ११ मा छाडा चौपाया व्यवस्थापनका लागि कार्य अगाडि बढाए पनि सफल हुन सकेन । “छाडा चौपायाको सङ्ख्या अत्यधिक थियो”, वडा नं ११ का वडाध्यक्ष दिलबहादुर बुढाले भने, “तारबार गरी राखिएको क्षेत्रमा स्थानीयवासीले विरोध गरी तारवार नै निकालीदिएपछि वनहरा नदी छेउको क्षेत्रमा टिनसेट निर्माण गरी छाडा चौपायालाई राख्यौँ, त्यहाँसमेत कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका क्षेत्रबाट छाडा चौपाया ल्याएर छाड्न थालेपछि निकै समस्या भयो ।”
सात सयको सङ्ख्यामा रहेका छाडा चौपायाको सङ्ख्या झण्डै एक हजार पुगेपछि व्यवस्थापनमा समस्या हुन थालेपछि जुम्लाका स्थानीय तहको सिफारिशमा पाल्नका लागि लैजाने व्यक्तिलाई बाटो खर्चसहित २७३ चौपाया पठाइएको उनले बताए । “बेदकोट नगरपालिकाको बाटो भएर जुम्ला चौपाया लैजाने व्यक्तिलाई बाटोमै अवरोध गरी लैजान दिइन्”, उनले भने, “त्यसपछि कृष्णपुर हुँदै चौपायालाई जुम्ला पठाएका हौँ ।”
केही छाडा चौपायालाई जुम्ला पठाइए पनि राजमार्गसँगै जोडिएको क्षेत्र भएकाले सङ्ख्यामा कमी आउन सकेन । छाडा चौपायाले स्थानीय किसानको खेतबारीमा नोक्सान पु¥याउन थालेपछि स्थानीयवासीले नगरपालिका कार्यालयमा ल्याएर चौपायालाई हुलेपछि वडा नं ८ मा छाडा चौपाया स्थानान्तरण गरियो ।
दुई वर्षसम्म सो वडाको बैजनाथ सामुदायिक वन छेउको खोला किनारामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरिए पनि स्थानीय बासिन्दासँगको द्वन्द्वका कारण स्थानीय बासिन्दाले छाडा चौपाया ल्याएर पुनः नगरपालिकामा हुले । त्यसपछि समस्या समाधानका लागि वडा नं ९ मा छाडा चौपाया राख्ने निर्णय गरियो । नगरपालिकामा हुलिएका छाडा चौपायालाई बृन्दावन सामुदायिक वन क्षेत्रको बाँझो जग्गामा राख्न थालिएको हो ।
वडा नं ११ र ८ मा छाडा चौपाया व्यवस्थापन गर्दा नगरपालिकाले झण्डै रु डेढ करोड बढी रकम खर्च गरिसकेको छ । छाडा चौपायाको समस्या दीर्घकालीनरूपमा समाधान गर्नका लागि कार्यविधि बनाएर व्यवस्थापनको कार्य गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए।
“छाडा चौपाया व्यवस्थापनका लागि भौतिक संरचना निर्माणसँगै घाँसखेती, आवश्यक औषधि, चारो र हेरालुहरुको व्यवस्था गरिराखेका छौँ”, उनले भने, “व्यवस्थितरूपमा छाडा चौपाया राख्ने कार्य गरिएकाले विगतको जस्तो स्थानीय बासिन्दाले छाडा चौपायाबाट सास्ती खेप्नुपर्ने अवस्था छैन ।” छाडा चौपाया व्यवस्थापन केन्द्रमा दुई टिनसेट, दुईकोठे पक्की भवन, माछापोखरी निर्माणसँगै खानेपानीको व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार