चापाकोट नगरपालिका दश दिनका लागि बन्द
नेपालबहस संवाददाता
साउन २०, २०७८ बुधबार २१:३८:३५
२० साउन, वालिङ । कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।
नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले यही साउन २९ गते राति १२ः०० बजेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिए ।
नगरपालिका क्षेत्र हाल उच्च स्वास्थ्य सङ्कटमा रहेको हुँदा चापाकोट नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए । नगरपालिकासहित नगरअन्तर्गतका वडा कार्यालय, सम्पूर्ण बैंक तथा वित्तीय संस्था, सरकारी, गैरसरकारी संघ संस्था एवं शैक्षिक संस्थाबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको उनले जानकारी दिए।
“विश्वव्यापी महामारी तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको सङ्क्रणका कारण नगरभित्रका विभिन्न भागमा गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएकाले आकस्मिकरुपमा बन्द गर्ने निर्णय गरेका हौं”, प्रमुख गिरीले भने, “तीव्र गतिमा फैलिरहेको कोरोनाको रोकथाम तथा नियन्त्रण गरी नागरिकको जीवन रक्षाका लागि यो कदम चालेका हौं ।”
वडा–वडामा संक्रमण दर बढ्दै गइरहेकाले नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्न, अत्यावश्यक कामकाजबाहेक घरबाहिर ननिस्कन र निस्कुनपरेमा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्न अनुरोध गरिएको स्वास्थ्य शाखा प्रमुख एवं सूचना अधिकारी बिन्दु कोइरालाले बताए ।
नगरपालिकाले संक्रमितको व्यवस्थापनका लागि स्रोत व्यवस्थापन गरी १० श्ययाको आइसोलेशन केयर सेन्टर निर्माण गरेको छ । नगरपालिकामा मंगलबारसम्म आठ व्यक्तिको कोभिडका कारण मृत्यु भइसकेको छ भने ५२७ मा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३७० संक्रमित निको भएका र १५७ संक्रमित अस्पताल तथा होम आइसोलेशनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश