सप्तकोशी डेभलपमेन्ट बैंकको मुनाफा करिब १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार १३:२०:४
२१ साउन, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा करिब १०५ प्रतिशतले मुनाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड २ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ६ करोड १९ लाख ३८ हजार रुपैयाँ मुनाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा १०४.८३ प्रतिशतले धेरै हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २।१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ।
खुद ब्याज आम्दानी घटेपनि बैंकको इपेरिमेन्ट चार्ज रिभर्स हुँदा उसको सञ्चालन नाफा बढेको छ। जसले गर्दा खुद नाफा बढ्न सहयोग पुगेको हो। बैंकको सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेको छ भने फि तथा कमिसन मार्फत हुने आम्दानी पनि ३४.५२ प्रतिशतले बढेको छ।
नाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बेंकको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिटेर्न अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ।
बैंकको निक्षेप संकलन ३२.६१ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२।४६ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा पनि ३.९२ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ।
बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट बढेर बढेर ७ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ पनि १२० रुपैयाँ ६७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ४९.१७ गुणा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार