महामारीमा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा चासो
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार १५:४९:१५
२१ साउन, गण्डकी । कोरोना महामारीको प्रभाव समाजमा हरेक वर्ग र क्षेत्रमा त छँदै छ यसले विशेषतः ज्येष्ठ नागरिकलाई प्रत्यक्ष प्रभावित बनाएको छ । महामारीका कारण झण्डै दुई वर्षयता ज्येष्ठ नागरिक जोखिमकै कारण घरबाहिर निस्कन सकेका छैनन् । घरबाहिर निस्कन चाहे पनि घरका अन्य सदस्यले उनीहरूलाई महामारीको खतराका कारण घरभित्रै बस्न बाध्य पारेका छन् । यसका कारण कतिपयका घरमा ज्येष्ठ नागरिक र घरका अन्य सदस्यबीच मनमुटावसमेत बढ्ने गरेको छ ।
बुढ्यौलीको पट्यारलाग्दो समयमा टोल छिमेकमा घुम्न र आफ्ना पीडा व्यथा पोख्न चाहने ज्येष्ठ नागरिकलाई दुई वर्षयता देखिएको कोरोना महामारीले प्रत्यक्ष प्रभावित बनाएको अधिकांशको अनुभव छ । कोरोना सङ्क्रमण भइहालेका अवस्थामा अस्पतालमा समेत अक्सिजन तथा शय्याको अभाव हुने गरेका कारण पनि ज्येष्ठ नागरिक घरघरमा थुनिएर बस्न बाध्य बन्नुपरेको छ ।
कोरोना महामारी शुरु भएयता ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमकितामा राखिएको पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले बताए । महामारी शुरु भएयता वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई संक्रमणको जोखिम नहोस् भनेर आफूहरूले अनावश्यकरूपमा भित्र बाहिर गर्न नदिएको उनले बताए ।
“पोखरा वृद्धाश्रमममा हालसम्म ज्येष्ठ नागरिकलाई कोरोना संक्रमण भने भएको छैन”, उनले भने, “हामी जोखिम नभित्रियोस् भनेर अत्यन्त सचेत बनेका छौँ, सम्भाव्य जोखिमलाई दृष्टिगत गरी वृद्धाश्रमभित्रै आइसोलेसनको व्यवस्थासमेत गरिएको छ ।” पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिककको नियमित स्वास्थ्य अवस्था जाँचका लागि एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक बिरामी भइहालेका अवस्थामा अस्पताल लैजानका लागि सिद्धार्थ क्लबसँग सम्झौता गरी एम्बुलेन्सको व्यवस्था गरिएको अध्यक्ष पराजुलीले बताए।
पोखरा–३२ स्थित राधाकृष्ण वृद्धाश्रम तथा शान्ति आश्रमममा पनि कोरोना महामारीलाई दृष्टिगत गर्दै सावधानी अपनाइएको छ । कोरोना महामारी शुरु भएयता आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई संक्रमण नहोस् भन्ने हेतुले सजगता अपनाइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिए ।
सो वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई स्वास्थ्य समस्या भएमा स्थानीय स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी बोलाएर स्वास्थ्य परीक्षण गर्ने गरिएको उनले बताए । स्वास्थ्यमा ठूलै समस्या आएमा अस्पताल लैजाने गरिएको जानकारी दिँदै खनालले कोरोना संक्रमण भएयता यहाँ बस्ने कुनै पनि जेष्ठ नागरिकमा कोरोना संक्रमण भने नदेखिएको बताए ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको ज्येष्ठ नागरिक मिलन केन्द्र गत वर्ष कोरोना महामारी शुरु भएयता सञ्चालनमा आउन सकेको छैन । संक्रमणको जोखिमीलाई दृष्टिगत गरी गत वर्ष कोरोना महामारी शुरु भएपछि बन्द गरिएको केन्द्र हालसम्म पनि खुल्ने अवस्था नरहेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
“कोरोना संक्रमणको उच्च जोखिमममा ज्येष्ठ नागरिक रहेका कारण केन्द्र सञ्चालनमा रोक लगाएका हौँ, संक्रमण हटेपछि मात्रै केन्द्र सञ्चालनमा आउने छ”, श्रेष्ठले भने । कोरोना संक्रमणले घरघरमा रहेका ज्येष्ठ नागरिकका साथै ज्येष्ठ नागरिक आश्रम, मिलन केन्द्र सबै स्थानमा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा चासोको विषय बनेको सचिव श्रेष्ठले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार