वर्षातले बिग्रिएका ग्रामीण सडक सञ्चालन भएपछि स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार १७:४९:२०
◊विमलबहादुर विष्ट
२१ साउन, डोटी । गएको जेठ, असार र यही साउन महिनामा आएको वर्षात्का कारण बिग्रिएका जिल्लाका दर्जनौँ ग्रामीण सडकहरु सञ्चालन गरिन थालिएको छ ।
वर्षात्का कारण पहिरो आउँदा हिलाम्मे र ठाउँठाउँमा भत्किएर बन्द भएका यहाँका ग्रामीण क्षेत्रका सडकहरु सञ्चालन गरिन थालिएको हो । सडक सञ्चालनमा आउने भएपछि स्थानीयवासी निकै खुशी भएका छन् ।
गत जेठ, असार र साउन महिनामा आएको भारी वर्षाका कारण जिल्लाको मौवा, मेल्लेक, बिपीनगर–गड्सेरा, वाइल, कपल्लेकी, नापानी, जोरायल–गड्सेरा, मुडभारा–धुर्कोट, दिपायल–चवराचौतारा सडकका विभिन्न भागमा पहिरो आउँदा अवरुद्ध भएका थिए । यसैगरी कतिपय यहाँका सडक तीन महिनादेखि बन्द भएका थिए ।
वर्षातका कारण बन्द भएका ग्रामीण सडक खुलाउन अहिले सम्बन्धित स्थानीय तहले डोजर प्रयोग गरी एकैसाथ सञ्चालन गराउन थालेको शिखर नगरपालिका–१ कपल्लेकीका वडाध्यक्ष खडकबहादुर शाहीले बताए । उनले भने, “वर्षाले कतिपय स्थानीय तहका सडक दुई/तीन महिनादेखि बन्द थिए, अहिले वर्षा केही बन्द भएसँगै सञ्चालन गराउन थालिएको छ ।” जिल्लामा अन्य वर्षको तुलनामा यस वर्ष अत्यधिक वर्षा भएको बताइएको छ ।
शहरभन्दा पनि गाउँमा सडक बन्द भएकाले दैनिक उपभोग्य वस्तु खरिद, बिक्रीमा समस्या भएकाले यातायातका साधन सञ्चालनका लागि बन्द भएका सडकमा डोजर लगाएर बाटो खुलाउन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “गाउँका सडक बन्द भएकाले नागरिकलाई दैनिक उपभोग्य वस्तुका लागि सास्ती भएको थियो, नागरिकको सहजताका लागि भएपनि सडक खुलाउन थालेका छौँ ।” जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका दर्जनौँ ग्रामीण सडक वर्षेनी असार, साउनमा पानी पर्दा हिलाम्मे हुनुका साथै लिक बिग्रिएर सवारी साधन गुड्नसमेत बन्द हुँदै आएका छन् ।
यहाँका ग्रामीण सडकमा वर्षेनी वर्षात्शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । विगतका समयमा गाउँपालिका, वडाकार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधारक्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरी खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको केआइसिंह–१ जमलकटियाका गणेश जोशीले बताए ।
उनले भने, “ जनताको माग पूरा गर्न खनिएका सडक वर्षमा जम्मा छ/सात महिना मात्रै चल्छन, अरु महिना त बन्द हुन्छन्, सडक स्तरोन्नति तथा सुधार गर्न कसैले पहल चालेका छैनन् ।” जथाभावी खनिएका यहाँका ग्रामीण सडकमा ग्रेड नमिल्ने, उकालो हुने, साँघुरो हुने तथा कटिङ नपुग्ने गरेको शैलेश्वरी यातायात प्रालिका गाडी चालक हिक्मत खत्रीको आरोप छ ।
यहाँका अधिकांश ग्रामीण ९कच्ची सडक०हरुमा हिउँदको छ महिना मात्रै सवारी साधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षात्शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात प्रालि दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए । उनले भने, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुने, गाडी हाल्नेबित्तिकै दुर्घटना भइहाल्छ ।”
यतिमात्र नभई यहाँका अधिकांश ग्रामीण सडकमा सवारी साधन चलाउन अति जोखिममा रहेका चालक बताउँछन् । बिनामापदण्डका यी ग्रामीण सडकमा ठूलठूला दर्जनौँ सवारी दुर्घटना हुँदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार