तनहुँ वितरण केन्द्रमा छ करोड भन्दा बढी बक्यौता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार १९:२०:४
![](https://nepalbahas.prixacdn.net/media/albums/tanahu-1_bsJDDmo4Wy.jpg)
२१ साउन, तनहुँ । तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।
विगतका वर्षमा सरदर रु तीन करोड बक्यौता हुने गरे पनि गत आवमा दुई गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिए । उनका अनुसार ९३.८ प्रतिशत रकम सङ्कलन गर्न सकिएको छ भने ६।२ प्रतिशत सङ्कलन गर्न नसकिएको हो । सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड–१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकाले लाइन नकाटिएको उनले बताए ।
यहाँ ४० हजार ४८५ विद्युत्का ग्राहक छन् । चार करोड ५२ लाख दुई हजार ५२८ युनिट विद्युत् बिक्री गर्दा रु ३९ करोड ७६ लाख ४० हजार ९८४ राजश्व सङ्कलन गरिएको छ । प्रणाली व्यवस्थित गर्न सकिए करेन्टको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ । जिल्लामा १०।५४ प्रतिशत विद्युत् चुहावट हुने गरेको बताइएको छ ।
यहाँ विद्युत् चोरीका कुनै घटना नभए पनि प्राधिकरणले प्रणाली सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इञ्जीनियर सोवितबहादुर क्षेत्रीले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी तनहुँ जलविद्युत् आयोजनाले विद्युत् खपत गर्ने गरेको छ । आयोजनाले एक महिनामै रु २७ लाखदेखि ४६ लाखसम्म विद्युत् महसुल बुझाउने गरेको कार्यालय प्रमुख क्षेत्रीले बताए ।
विद्युत् चुहावटलाई न्यूनीकरण गर्न कार्यालयका तर्फबाट पनि पहलकदमी थालिएको छ । जिल्लामा आव २०७६/७७ मा ९५ प्रतिशत विद्युतीकरण भएकामा आव २०७७/७८ को असारमसान्तसम्म ९७ प्रतिशत जनशक्तिमा विद्युत् पहुँच पुगेको छ । जिल्लाको कछार भनेर चिनिने चितवनसँग जोडिएको देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् जडानका कार्य बाँकी रहेको कार्यालय प्रमुख क्षेत्रीले बताउनुभयो । जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका आयोजनाले काम गरिरहेकाले छिट्टै जिल्ला पूर्ण विद्युतीकरण हुनेमा विश्वस्त रहेको सो कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश