खोप लगाउन पाएपछि जुम्लाका नागरिकमा उत्साह
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार २१:३७:४७
२१ साउन, खलङ्गा । दोस्रो लहरको कोरोना भाइरसको खोप लगाउन पाएपछि जुम्लाका बासिन्दामा उत्साह छाएको छ । कोभिडले सास्ती भोगेका नागरिकलाई खोप लगाउन शुरु गरिएपछि उत्साह थपिएको हो ।
बुधबारदेखि ‘भेरोसेल’ खोपको पहिलो मात्र शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले चन्दननाथ नगरपालिकाका– ६ वटा खोप केन्द्रमा खोप लगाइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका खोप शाखा प्रमुख बालकुमारी खड्काले बताए ।
ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरु गरिएको छ । यहाँका स्थानीय तहमा यही साउन २१ गतेसम्म खोप लगाउने तालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभरी ११४ खोप केन्द्र रहेकाले अहिले जनस्वास्थ्य कार्यालयसहित जिल्लाभरका जनशक्ति यसैमा केन्द्रीत भएर काम गरेको खोप शाखा प्रमुख बालकुमारी खड्काकाले बताए ।
सरकारले शिक्षकका लागि पनि खोप लगाउने अवसर दिएकामा शिक्षक खुशी भएका छन् । शिक्षक जयशङ्कर धिताल विद्यार्थी र समाजसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले खोप पाए भने सुरक्षित हुने बताए । सरकारले स्वास्थ्यकर्मीसहित अत्यावश्यक काममा लागेका सुरक्षाकर्मी, पत्रकारलाई पनि खोपको व्यवस्था गरेको छ ।
जुम्लाका एक हजार ४० स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ । यहाँका करिब ५० पत्रकारले पनि खोप लगाएका छन् । केन्द्रमा अहिले खोप लगाउने व्यक्तिमा उत्साह थपिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार