अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध, यात्रुलाई सहज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १४:२५:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/pool-1_X2zvGkDt76.jpg)
खेमराज गौतम
२२ साउन, गलकोट । जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् ।
जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेसँगै यात्रुलाई सहज भएको छ ।
बर्खाको समयमा निकै समस्या झेलेर पुल निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुलमध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् भने भालुवाङ खोलाको पुल ९५ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यो दुवै पुल बनेपछि बर्खायाममा दुईवटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नुपर्ने बाध्यता अन्त्य हुन थालेको छ ।
अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसँगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ तर पुल अभावमा बर्खाको चार महिना समस्या भए पनि आगामी बर्खामा यस्तो समस्या नहुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
“लुकुरबन खोलाको पुलमा सवारी हिँड्न थाले, भालुवाङमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ, बर्खाको चार महिना गाउँपालिकाको केन्द्रसम्म यातायातको सम्बन्ध विच्छेद हुने अवस्था अब अन्त्य भएको छ, पालिका सदरमुकामदेखि माथि त धेरै पुल बन्न बाँकी नै छन्”, अध्यक्ष बुढाले भने “दुर्गम मानिएको बोङ्गादोभान बजारमा बुर्तिबाङबाट एक घण्टाभित्रै पुग्न सकिने भएको छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सडक र पुल निर्माण गरेर दुर्गम मानिएको गाउँपालिकाको परिचय बदलिएको छ ।” अध्यक्ष बुढाका अनुसार हिउँदमा तमानखोलाका सबै वडामा सवारी पुग्ने सडक बनाइएको छ ।
बुर्तिवाङबाट तमानखोला सम्मको नौ दशमलव आठ किलोमिटर सडक ग्राभेल गर्नका लागि २०७५ साल वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु १७ करोड नौ लाखमा सडक निर्माण सम्पन्न गरिएको छ । उक्त सडकमा दुई पक्की पुल निर्माण करिब सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिए ।
“बर्खामा ढलान गरेको भालुवाङ खोलाको पुल झण्डै बगाएको थिएन, प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाको सहयोगमा खोलालाई धार परिर्वतन गराएर क्षतिबाट जोगायौँ, ढलान भएको केही दिनमै उक्त खोलामा बाढी आएको थियो”, पाण्डेले भने, “उक्त खोलाको पुल निर्माण ९५ प्रतिशत सकिएको छ, लुकुरबनको पुलमा सवारी गुड्न थालेका छन् ।”
भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनर्निर्माण गर्ने आयोजनाले यो सडक निर्माणसँगै पुल निर्माणसमेत गरेको पुनर्निर्माण प्राधिकरण आयोजनाका इन्जिनीयर हरिशचन्द्र बडूले जानकारी दिए। उनका अनुसार कोरोनाका कारण लुकुरबनको पुल निर्माण केही महिना रोकिएको थियो । रु तीन करोड ६६ लाखको बजेटमा लुकुरबन खोला पुल निर्माण भएको छ । विसं २०७६ मङ्सिरदेखि शुरु भएको उक्त पुल २५ मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइ रहेको पुल निर्माणको जिम्मा पाएको कर्ण÷प्रदीप÷जुम्ली जेभीले जनाएको छ ।
यस्तै नौ महिनामा सक्ने गरी २०७७ साल असोज १२ गते निर्माण सुरु भएको भालुवाङ खोला पक्की पुल कोरोनाका कारण केही महिना ढिला गरी सम्पन्न हुन थालेको छ । रु चार करोड ४२ लाखमा नयाँबाटोरसूर्योदयरबीएम जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइको छ । बागलुङ जिल्ला सदरमुकामपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षणभरमै पुग्न थालेपछि स्थानीयवासीलाई आवतजावत सहज भएको मात्रै छैन अब बर्खामा समेत यातायातका साधन सञ्चालनमा आउने भएको छ ।
जिल्ला सदरमुकामबाट ९२ किलोमिटर मध्यपहाडी पुष्पलाल राजमार्ग र त्यसपछि १० किलोमिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न सकिन्छ । पुल नहुँदा बर्खाको चार महिना यातायातका साधन ठप्प हुँदै आएका थिए । ‘ट्र्याक’ निर्माणपश्चात् बुर्तिवाङदेखि तमानखोलासम्म निकै सास्ती खेपेर करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माणसँगै करिब आधा घण्टामै सरर तमानखोलाको केन्द्र पुग्न सकिनेछ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार