लागुऔषध कारोबारका गिरोह पक्राउ
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १८:२:५०
२२ साउन, पोखरा । लागुऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ ।असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरीे अनुसन्धान थालिएकामा भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य दुई पक्राउ परेका छन् ।
लागुऔषधको कारोबार गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले रुपन्देही जिल्ला प्रहरी कार्यालय र बुटवल इलाका प्रहरी कार्यालयलाई उनीहरूको हुलियासहित विवरण पठाएको थियो ।रुपन्देहीको प्रहरी टोलीले साउन २१ गते बिहान बुटबल उपमहानगरपालिका–२ मैनाबगरमा लागुऔषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा बानियाँसहित तीन जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की फेला पारेको थियो ।
मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन र नवलपरासीकै सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन पनि लागुऔषध कारोबारमा सम्लग्न देखिएकाले उनीहरुमाथि पनि अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
वीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
पुष २५, २०८१ बिहिबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार