गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयः एमसीसीबारे मौन
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १८:८:९
२२ साउन, काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) द्धारा बनाइएको कार्यदलले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउँदै आज तीनै दलका शीर्ष नेताहरुलाई बुझाएको छ ।
गठबन्धनद्धारा गठित कार्यदलका नेताहरूले साझा कार्यक्रमलाई अन्तिम रूप दिई आज प्रधानमन्त्री शेरबहादुर देउवा, माअवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई बुझाएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी छिट्टै सार्वजनिक गर्ने तयारी भैरहेको छ ।
अघिल्लो सरकारले वार्षिक नीति, कार्यक्रम र बजेटसमेत सार्वजनिक गरिसकेको अवस्थामा सत्तारुढ गठबन्धनले सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन भन्दै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेको हो । न्यूनतम साझा कार्यक्रममा सत्ता गठबन्धनलाई बलियो र दिगो बनाउनेदेखि संविधान संशोधनसम्मका विषयवस्तु समेटिएको बताइएको छ ।
त्यस्तै ओली सरकारले गरेका कामको समीक्षा, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकतामा राखिएको छ । कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारवाही गर्ने उल्लेख छ ।
कार्यदलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक, सदस्यमा कांग्रेसबाट डा.मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन् ।
साझा कार्यक्रम अन्र्तगत संघीय लोकतान्त्रिक प्रणालीलाई कसरी बलियो बनाउने, चैतसम्म सबै नागरिकलाई खोप दिने, तेस्रो लहरबाट जोगिन र जोगाउन सचेतना अपनाउने, महामारी नियन्त्रणका लागि भौतिक पूर्वाधार विकास गर्ने, नेपालमै खोप पूर्वाधार विकास गर्नेजस्ता विषयहरु उल्लेख गरिएका छन् । त्यस्तै, अघिल्ला सरकारले संविधान र व्यवस्थामाथि आक्रमण गर्दै विधि मिचेर गरेका कामहरूलाई उल्ट्याउने र त्यस्ता निर्णयहरू खारेज गर्ने विषय पनि समेटिएका छन् ।
यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथाशिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने पनि न्यूनतम साझा कार्यक्रममा जनाइएको छ ।
राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने पनि रहेको कार्यदलका एक सदस्यले बताएका छन् ।
संसदमा विचाराधीन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे भने मौन रहेको छ । एमसीसीको विषय सत्ता गठबन्धन दलका शीर्ष नेताले टुंग्याउने भएका छन् । यसबाहेक मन्त्रिपरिषद गठनको विषय पनि कार्यदलको क्षेत्राधिकारभित्र नभएकाले त्यसबारे पनि मौन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार