सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश क्षमता कति ?
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १८:३६:५८
२२ साउन, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष मुनाफा वृद्धि गर्दा बैंकको वितरणयोग्य मुनाफा ७ करोड ४४ लाख कायम भएको छ। ८३ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड २ लाख रुपैयाँ मुनाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ६ करोड १९ लाख ३८ हजार रुपैयाँ मुनाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा १०४.८३ प्रतिशतले धेरै हो।
चौथो त्रैमाससम्ममा बैंकको ब्याज आम्दानी २.१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानी घटेपनि बैंकको इपेरिमेन्ट चार्ज रिभर्स हुँदा उसको सञ्चालन नाफा बढेको छ। जसले गर्दा खुद नाफा बढ्न सहयोग पुगेको हो। बैंकको सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेको छ भने फि तथा कमिसन मार्फत हुने आम्दानी पनि ३४.५२ प्रतिशतले बढेको छ।
मुनाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बेंकको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिटेर्न अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ।
बैंकको निक्षेप संकलन ३२.६१ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२.४६ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा पनि ३.९२ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ।
बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट बढेर बढेर ७ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ पनि १२० रुपैयाँ ६७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ४९.१७ गुणा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार