रोल्पामा भाइरल ज्वरोका बिरामी बढे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १९:१९:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/joro_jRkO7PKlz3.jpg)
२२ साउन, रोल्पा । कोरोना संक्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो ।
रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ । “ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरुमा भाइरल ज्वरो र निमोनियाजस्तो जटिल समस्यासमेत देखिने गरेको छ”, उनको भनाइ थियो ।
“जिल्ला अस्पतलामा दिनहुँ १०/१२ का दरले झाडापखाला र आउँका बिरामीसमेत आउने गरेका छन् । बर्सात्को समयमा दूषित पानी पिउने गरेका कारण झाडापखाला र आउँका बिरामी बढिरहेका छन्”, डा वलीले भने । ज्वरो र रुघाखोकीबाट ग्रस्त बिरामीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिने गरेका कारण उनीहरु त्रस्त भएका हुन् ।
“एक्कासि हनहनी ज्वरो आएपछि कोरोनाको आशङ्कामा आत्तिएर अस्पताल पुगेँ”, रोल्पा नगरपालिका–२ का भरत महराले भने, “कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिम आयो”। ज्वरो आउने, टाउको दुख्ने तथा रुघाखोकी लाग्ने समस्या देखिँदा कोरोनाको आशङ्कामा परिवार तथा छरछिमेकमा समेत त्रास सिर्जना गरेको छ”, महराले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार