कांग्रेसका जिल्ला सभापतिहरुकाे चेतावनी: जबर्जस्ती अघि बढ्न खोजिए गंभीर समस्या

नेपालबहस संवाददाता
साउन २२, २०७८ शनिबार १:०:२३

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय सफ्टवेयर प्रणाली भित्र ईन्ट्री गरिएका क्रियाशील सदस्यता नामावली तत्काल सार्वजनिक गर्न र सो सूची अध्ययन गरी यथोचित राय प्रस्तुतिका लागि संक्षिप्त मौक़ा प्रदान गर्न केन्द्रीय नेतृत्वलाई आव्हान गरेका छन् ।
आज देशभरीका जिल्ला सभापति तथा काठमाडौंमा उपलब्ध सभापतिहरुको छलफलले क्रियाशील सदस्यताको नामावली हेर्न तथा गंभीर त्रुटी सच्याउने न्यूनतम अवसर समेत नदिई जबर्जस्ती अघि बढ्न खोजिएमा त्यसले गंभीर समस्या निम्त्याउने चेतावनी पनि दिएका छन् ।
जिल्ला सभापतिहरुको तर्फबाट नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको ७५ बर्षे जीवनकालमा पार्टी महाधिवेशनको बिषयलाई लिएर अहिलेजति हिनताबानेध कहिल्यै नभएको दावी गरेका हुन् । केन्द्रीय समिति आफैंले घोषणा गरेको महाधिवेशनको कार्यतालिका स्थगित गरिएको पनि पाँचौंपटक भैसकेकाने बताउँदै जारी विज्ञप्तिमा भनिएको छ , “न अर्को मिति तोकिएको छ, न वैधानिकता बचाउने कुनै प्रष्ट विकल्प सार्वजनिक गरिएको छ ।”
जताततै फैलिएको कोभिड संक्रमण, बाढीपैह्रो जस्ता विपद एवं कठिनाईका बाबजुद अधिवेशनको तयारीमा जुटेका स्थानीय साथीहरु अधिवेशन कहिले हुन्छ, कुन विधिबाट हुन्छ, पालिकास्तरको निर्वाचनमा मतदाता को को हुन्छन, निर्वाचन निर्देशिका कहिले आउँछ, वडादेखि जनसंख्याको आधारमा हुने समानुपातिक समावेशीको प्रतिनिधित्व संख्या के कसरी हुन्छ भनेर प्रश्न सोध्दा–सोध्दा थाकिसक्नुभो तर हामी आजसम्मपनि यी यावत सवालहरुमा नाजवाफ रहनुपरेको छ, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सभापति केसीले प्रश्न गरेका छन् “आखिर केन्द्रीय नेतृत्वबाट यतिसम्म असंवेदनशिलतारुपी मौनता किन ? त्यसमाथि, महाधिवेशनको मूलआधारको रुपमा रहेको क्रियाशील सदस्यता सूची निर्धारणको क्रममा देखिएका गंभीर अनियमितता, मापदण्ड विपरितका चलखेल र अपारदर्शी गतिविधिले संगठनको जगमा क्रियाशील साथीहरुको मनमुटु कुँडिएको छ र महाधिवेशनको निष्पक्षतामाथि नै संशय पैदा गरेको कुरा नेतृत्व तहले बेलैमा बुझ्न जरुरी छ, उनले विज्ञप्तिमा भनेका छन् ।
क्रियाशील सदस्यता छानवीन सम्वन्धमा केन्द्रीय समितिले निर्धारण गरेका मापदण्डहरु केवल “देखाउने दाँत” मात्र भएको आरोप लगाउँदै केसीले केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति स्वयंले माग गरेअनुसार प्राप्त गुनासा वा उजुरीहरुको समेत संबोधन नभएको बताएका छन् । अन्य पार्टीबाट समायोजन भएकाहरुको नाममा अन्धाधुन्ध क्रियाशील सदस्यता फाराम पठाउने र खास जिल्ला, क्षेत्र, पालिका वा वडामा खासखास व्यक्तिलाई लाभ वा हानी गराउने किसिमको योजनाबध्द खेल अहिलेपनि जारी रहेको जिल्ला सभापतिहरुको भनाई छ ।
शतप्रतिशतभन्दा बढी थपिएका नामहरु अझै नहटाइएको उल्लेख गर्दै केसीले एकातिर वडा भेलाको निर्णयसहित वडा कार्यसमितिबाट सिफारिश भएका नामहरु अझै ईन्ट्री गरिएको छैन भने अर्कोतर्फ वडा तहबाट सिफारिश नभएका नामसमेत थपिएकोमा आपत्ति जनाएका छन् ।
धर्ना, अनसनका जायज मागहरुमाथि सुनुवाई नभएको भन्दै सभापतिहरुको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “छानविन समिति स्वयं कन्भिन्स भई तोक लगाएका नामावली समेत ईन्ट्री भएका छैनन् । मापदण्डमाथि व्यक्ति–व्यक्तिको नियत हावी भएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन पेश गर्नुपूर्व सम्पूर्ण सदस्यता सूची सार्वजनिक नगरेबाट पनि यसले गरेका कामकार्वाही माथि नै छानविन गर्नुपर्ने गंभीर आशंका उत्पन्न भएको छ।”
पार्टी भित्रका सबै सदस्यहरुलाई महाधिवेशनबारे आश्वस्त पार्ने, न्याय दिने सबैभन्दा ठूलो जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वका हिसाबले पार्टी सभापति कै भएको उल्लेख गर्दै नेता केसीले नेपाली कांग्रेसको सैध्दान्तिक निष्ठा र प्रतिबध्दताको रुपमा रहेको ‘लोकतन्त्र’को उदार आन्तरिक अभ्यास, आफ्नै नेतृत्वमा जारी तथा भर्खरै ठूलो संभावित दुर्घटनाबाट जोगाएर ट्र्याकमा ल्याइएको ‘संविधान’को रक्षा र जनआकांक्षा अनुरुप काम गरी निकट भविष्यमा हुने तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनुपर्ने ऐतिहासिक दायित्व पनि यतिखेर सभापति कै काँधमा रहेको बताएका छन् । यसका लागि सर्वप्रथम आफ्नै पार्टीलाई सशक्त, मजवुत र एकताबध्द बनाउन अत्यावश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुलुकको संविधान र आफ्नो विधानको परिधीभित्र रहेर १४ औं महाधिवेशनका सन्दर्भमा अब कत्तिपनि ढिला नगरी उपयुक्त निकास निकाल्न जरुरी भएको बताउँदै नेताहरु बीच पारस्परिक सम्मान, खुला संवाद र हार्दिकतासहितको अभूतपूर्व एकता अहिलेको अनिवार्य आवश्यकता रहेकोतर्फ नेतृत्ववर्गको पुनः ध्यानाकर्षण गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार