हुम्लाका विद्यालय पुनः बन्द गर्ने निर्णय

नेपालबहस संवाददाता
साउन २३, २०७८ आइतबार २:३०:१८

२३ साउन, सिमकोट । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार बसेको जिल्लाको डिसीसिएमसी बैठकपछि विद्यालय सञ्चालन नगर्न फोनमार्फत जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।
त्यस क्षेत्रका कतिपय स्थानमा टेलिफोनले राम्रोसँग काम नगरेका कारण अझै स्पष्ट जानकारी हुन नसकेको उनले बताए ।
गाउँगाउँमा कोरोना संक्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा विद्यालयमा सञ्चालन गर्न नसकिने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
चंखेलीमा गत असार २९, ताँजाकोटमा साउन १५ र अदानचुलीमा साउन २० गतेबाट विद्यालय सञ्चालन हुँदै आएको छ । तीनवटा गाउँपालिकामा पठनपाठन भइरहेका ६६ वटा विद्यालय पुनः बन्द हुने भएका हुन् ।
विद्यालयमा विद्यार्थीको भीडभाड बढी हुने र यसबाट सङ्क्रमण बढ्न सक्ने भएका कारण बन्द गर्न जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखलाई जानकारी गराइएको र डिसीसिएमसीको बैठकले जिल्लामा पठनपाठन भइरहेका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
फागुन १७, २०८१ शनिबार
दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि सप्तरीका किसान चिन्तित
फागुन १७, २०८१ शनिबार