अर्यालको अध्यक्षतामा राप्रपा निकट ट्रेड युनियन महासंघको क्षेत्रीय समिति गठन
नेपालबहस संवाददाता
साउन २४, २०७८ आइतबार २१:११:२७
२४ साउन, काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौं क्षेत्र नं. ५ मा क्षेत्रीय कार्य समिति गठन गरेको छ । महासंघका अध्यक्ष एवं राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य हिक्मतजंग भण्डारी, वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ, उपाध्यक्ष प्रवलनरसिंह राणालगायत टुकोनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको उपस्थितीमा ५ नं. क्षेत्रको क्षेत्रीय समिति गठन भएको हो ।
रामचन्द्र अर्यालको अध्यक्षतामा गठित सो समितिको सदस्यहरुमा सुब्बा नेपाली, कुमार खड्का, रामकृष्ण थापा, शशीप्रसाद कुईंकेल, रामलाल श्रेष्ठ, काली मिजार, मुरारीप्रसाद खनाल, रमेश सिलवाल, कर्म तामाङ, प्रदिप पोखरेल, विक्रम दाहाल, अनिश श्रेष्ठ र मनिष थापा रहेका छन् भने समितिको सल्लाहकारमा पार्टीका नेताद्वय सुनिता कुरुम्वाङ र केशव रेग्मी रहेका छन् ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै टुकोनका अध्यक्ष भण्डारीले नयाँ समितिबाट महासंघको उदेश्य अनुरुप आम श्रमिकवर्गको हितमा आवाज वुलन्द गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन् ।
साउन मसान्तसम्ममा काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गरिसक्ने बताउँदै अध्यक्ष भण्डारीले श्रमिकहरुको हकहितका साथै महासंघको संगठन विस्तारमा समर्पित हुन नवगठित समितिलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार