कांग्रेस महाधिवेशन आगामी मंसिरमा मात्र: महामन्त्री डा. कोइराला
मीना कंडेल
साउन २४, २०७८ सोमबार १:५६:१२
२४ साउन, नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली सरकारले जनतालाई सपना मात्र बाँडयो तर काम केही नगरेको आरोप लगाएका छन् । अब काम गरेर जनताको बिश्वास जित्ने दायित्व कांग्रेसको काँधमा आएको बताउँदै उनले अब पार्टीका सबै नेताले राम्रो काम गरेर देखाउन पर्नेमा जोड दिएका छन् ।
पूर्बी नवलपरासीको कावासोतीमा शुक्रबार आयोजित प्रजातन्त्र सेनानी स्व.खुशीलाल पाण्डे र उहाँकी धर्मपत्नी स्व.सुमित्रा पाण्डेको स्मृतिमा उहाँकी छोरी नेपाली कांग्रेसकी नेतृ बिष्णुदेवी पाण्डे र उहाँका भाईहरुको पहलमा स्थापना गरिएको खुशु फाउण्डेशनको उद्दघाटन गर्दै कांग्रेसका महामन्त्री डा.कोइरालाले सो विचार व्यक्त गरेका हुन् ।
उनले दुई पटक बिघटन भएको संसद पुर्नस्थापना भएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अवसर आएको र कांग्रेसले त्यो अवसर भरपूर उपयोग गर्नुपर्नमा जोड दिए । नेपाली कांगेसको नेतृत्वको सरकार अहिले मुलुकमा देखिएको संकटको निकास र ब्यवस्थापन गर्न सक्षम रहेको र नेपाली जनताले आगामी निर्वाचनमा कांग्रेसलाई साथ दिने र मुलुकको भविष्य कांग्रेसको काधँमा आएको महामन्त्री डा. कोइरालाले बताएका थिए ।
त्यस्तै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा मात्र हुने जनाए । नेपाली कांग्रेस एकताका साथ महाधिवेशन सम्पन्न गरि महाधिवेशनलाई बढीमा मंसिर महिना भित्र गर्ने गरि अगाडि बढेको र त्यसमा सबैको सहमति हुने महामन्त्री डा.कोइरालाले स्पष्ट पारे । नेपाली कांग्रेस नेपालको पुरानो र लोकतान्त्रिक पार्टी भएकाले यसले गर्ने निर्णयले देशको सबै कुरामा प्रभाव पार्ने डा. कोइरालाको कथन थियो ।
महामन्त्री डा.कोइरालाले नेपाली कांग्रेस मुलुकको सबैभन्दा जिम्मेवार र आम जनताको भरोसाको केन्द्रबिन्दू भएको बताउँदै नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको बिश्वास जितेर अघि बढनु पर्ने र आगामी निर्वाचनमा पार्टीलाई स्पष्ट बहुमत दिएर कांग्रेसले मुलुकको विकासमा अग्रगामी फड्को मार्नुपर्ने बताए ।
उनले नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ बाट हुनुपर्ने भएपनि अहिलेसम्म कतिपय कुरामा विवाद रहे पनि अब चाँडै सबै विवाद निरुपण गरेर निर्वाचनको माध्यमबाट महाधिवेशन सम्पन्न गर्नेतर्फ कार्यकर्ताहरु एक भएर अघि बढनुपर्ने बताए । महामन्त्री डा.कोइरालाले ओली सरकारले सपना बाँडयो तर काम केही गरेन ,अब काम गरेर जनताको बिश्वास जित्ने दायित्व कांग्रेसको काँधमा आएको बताउँदै अब पार्टीका सबै नेताले राम्रो काम गरेर देखाउन पर्नेमा जोड दिएका थिए ।
उनले प्रजातन्त्रका सेनानी स्व.खुशीलाल पाण्डे कांग्रेसका निक्ष्कलकित सिपाही भएको स्मरण गर्दै उहाँको प्रेरणाले हामीलाई अगाडि बढन सहज भएको बताए । आजै एक समारोह बीच महामन्त्री डा. कोइरालाले खुशु फाउण्डेशनले उपलब्ध गराएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखालाई हस्तान्तरण गरेका छन् । फाउण्डेशनकी अध्यक्ष बिष्णुदेवी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली
कांग्रेसका नेता संबिधानसभा सदस्य महेन्द्रध्वज जीसी लगायतले स्व खुशीलाल पाण्डेले पुयाउनुभएको योगदानको चर्चा गरेका थिए ।
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार