सिमकोटमा आउन थाल्यो गाउँकाे ताजा तरकारी
नेपालबहस संवाददाता
साउन २६, २०७८ मंगलबार २०:५९:४२
२६ साउन, सिमकोट । वर्षायाम सुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा गाउँका ताजा तरकारी आउन थालेको छ । ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी आउनाका साथै खपत पनि राम्रो हुने गरेको हो ।
बजारमा फर्सी, काउली, बन्दा, खुर्सानी, आलु, गोलभेडालगायतको बिक्री बढेको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी बलवान बोहराले बताए ।
खार्पुनाथमा गोलभेँडा उत्पादन
खार्पुनाथ गाउँपालिका–४स्थित नल्ला र छिप्रा गाउँमा उत्पादित गोलभेँडाले छिमेकी गाउँपालिकामा पनि बजार पाएको छ । घरघरमै टनेल बनाएर गोलभेँडा खेती सुरु गरिएको छ । यसको उत्पादन बढेर छिमेकी गाउँपालिकामा पनि बिक्री गरी आम्दानी बढाउन यहाँका किसान सफल भएका हुन् ।
बिहानै सदरमुकाम सिमकोटमा गोलभेँडा बिक्री गर्न आएका छिप्राका प्रगति रावलले गाउँमा उत्पादन भएको गोलभेँडाले सिमकोटमा राम्रो बजार पाएको छ भने ।
गोलभेँडा पाकेर लटरम्म भएपछि एक किसानले दैनिक २५ किलोसम्म गोलभेँडा सिमकोटसम्म पु¥याएर बिक्री गर्दै आएको छ ।
प्रतिकेजी रु २०० मा बिक्री हुने गोलभेँडाबाट दिनमै रू आठ हजारसम्म कमाइ हुने गरेको अर्का किसान संयोग शाहीले बताए । ती गाउँका ३० घरधुरीले यो खेती गर्दै आएका हुन् । यहाँको उत्पादनले अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भइ आउने गोलभेँडाको भर पर्नुपर्ने बाध्यता टरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार