कर्णालीमा अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान
नेपालबहस संवाददाता
साउन २६, २०७८ बुधबार ०:५३:७
२६ साउन, कर्णाली । ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत रु १२ लाख सङ्कलन भएको छ ।कोरोना भाइरस सङ्क्रमण दोस्रो लहरको सङ्कट बढ्दै जाँदा शुरु भएको यस अभियानअन्तर्गत रु १२ लाख ६१ हजार २३५ सङ्कलन भएको कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
देशैभरि तीव्र गतिमा फैलिएको कोरोना सङ्क्रमणले तत्कालीन समयमा प्रदेशका सबैजसो अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीको संयोजकत्वमा पाँच युवा सम्मिलित समूहले सो अभियान थालेको थियो ।
अभियानअन्तर्गत पुरीको खातामा रु तीन लाख ९४ हजार ४९५, मिलन श्रेष्ठको खातामा रु पाँच लाख ४६ हजार ९५१, धर्मराज आचार्यको खातामा रु ७७ हजार ८२२ र उक्त टोलीले शुरुआत गरेको सनराईज बैंकको खातामा रु दुई लाख ४२ हजार १६७ जम्मा भएको संयोजक पुरीले जानकारी दिए ।
सङ्कलित रकममध्ये कर्णाली प्रदेश अस्पतालमा आठ दिनसम्म दैनिक रु। १०० का दरले १५० बिरामी, त्यसका कुरुवा र स्वास्थ्यकर्मीलाई रु एक लाख २० हजारको पोषिलो खाजा वितरण गरिएको, अक्सिजन सिलिण्डर रिफिल खर्च रु ७६ हजार ८४२, सिलिण्डर खरिद एक थान २५ हजार, अक्सीमिटर तथा स्यानिटाइजर खरिद ४५ हजार ६००, छवटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७०० भएको संयोजक पुरीले बताए ।
कूल सङ्कलित रकममध्ये रु तीन लाख ५५ हजार ३४२ खर्च भएको तथा रु आठ लाख ८४ हजार ४१८ समूहको खातामा जम्मा भएकाले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार