टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग
नेपालबहस संवाददाता
साउन २६, २०७८ बुधबार १:१५:४२
२६ साउन, काठमाडौं । नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी संघ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् ।
फोरजी, एफटिटीएच, आईपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने माग गरिएको नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
कम्पनीका प्रबन्ध निर्देशकको कार्य सम्पादन सम्झौता सार्वजनिक गरी आवधिक मूल्याङ्कन गराउन पनि कर्मचारी संघ सङ्गठनले माग गरेका छन् ।
टेलिकम बोर्डले एकपक्षीयरुपमा कर्मचारी हक, अधिकारको विषय कटौती गरी निरङ्कुश चरित्र प्रदर्शन गरेकाले सच्याउनसमेत माग गरिएको छ । तह नौसम्म कर्मचारी संघ सङ्गठनको सदस्यता लिएर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिन पाउने व्यवस्थालाई एकपक्षीयरुपमा सात तहमा झारिएकामा कर्मचारीले आपत्ति जनाएका छन् ।
विगत दुई वर्षदेखि नै आधिकारिक ट्रेड युनियनको निर्वाचन नगरी टेलिकम व्यवस्थापनले कर्मचारीको प्रजातान्त्रिक अधिकार कुण्ठित गर्न खोजेको आरोप छ ।
नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन र नेपाल टेलिकम कर्मचारी युनियनले यही साउन ७ गतेदेखि टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीप्लाजा परिसरमा धर्ना जारी राखेका छन् ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ । मागका विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई भेटेर जानकारी गराउन लागिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार