आज लुम्बिनीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावमा छलफल हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७८ बुधबार १३:१८:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/cm-pokharel-shankar-e1618826217663_jff5aIWsFi.jpg)
२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक आज बस्दैछ । साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।
प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।
प्रदेशसभामा बैशाखमै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहानमा सरकार टिकाइरहेका छन् ।सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार