पार्टी समायोजनका नाममा वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्नः शेखर कोइराला
नेपालबहस संवाददाता
साउन २७, २०७८ बुधबार १७:२७:४१
२७ साउन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अनिश्चित भईरहेका बेला सभापतिका बलिया दावेदारसमेत रहेका नेता डा. शेखर कोइरालाले पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशन नै हुन नसक्ने चुनौति दिएका हुन् ।
क्रियाशील सदस्यता विवादकै कारण गत साउन १२ गतेदेखि शुरु हुने भनिएको वडा, गाउँ, प्रदेश , क्षेत्र र जिल्लास्तरीय अधिवेशन नै अन्यौलग्रस्त बनेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला गरी चार तहबाट प्रक्रिया पुर्याएर आएमात्र सूचीकृत गर्ने कांग्रेसले मापदण्ड बनाएको थियो । तर अधिकांश ठाउँमा उक्त चार तहगत प्रक्रिया नपु–याई केन्द्रमा एकतफी सूची पठाइएको थियो ।
कांग्रेसद्धारा रमेश लेखकको संयोजकत्वमा गठित छानविन समितिले सो बारे शीर्ष नेताहरूले राजनीतिक निर्णय लिने गरी सहमति खोज्नुपर्ने प्रतिवेदन दिएको छ । त्यसरी सहमति गरेर मात्र महाधिवेशनमा जान नसकिने डा. शेखरको पछिल्लो भनाई सार्वजनिक भएको छ ।
बारा, सप्तरी र धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रमा पनि क्रियाशील सदस्यता विवाद कायमै छ । यस्तै विजय गच्छदार, सुनिल थापा समूहका लगायत अन्य पार्टीबाट प्रवेश गरेका जिल्लाका नेता कार्यकर्ताको हकमा पनि क्रियाशील सदस्यता विवाद कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार