बराह जयन्ती पूजा आराधना गरि मनाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७८ बुधबार २०:५८:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/baraha-mohotsab_a2UHvmkjIK.jpg)
२७ साउन, काठमाडौं । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोबास गर्न योग्य बनाएको सम्झनामा आज बराह जयन्ती मनाइँदै छ ।
सत्ययुगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन बराह (बनेल) को रुप लिनुभएको विषय बराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि बराहरुपी विष्णुले उद्धार गर्नुहुने वैदिक ग्रन्थमा उल्लेख गरिएको छ । भगवान् विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्य रुपमा दश अवतार लिनुभएको धार्मिक मान्यता छ ।
मत्स्य, कूर्म, बराह, नृसिंह, बामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् गौतमले बताए ।
यसै सम्झनामा आज बराहरुपी भगवान् विष्णुको पूजाआराधना गरी बराह जयन्ती मनाइन्छ । नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी पूजा आराधना गरिन्छ ।
यस अवसरमा उपत्यका विभिन्न स्थानमा रहेका बराह बाराही मन्दिरमा भीड लाग्ने गरेको थियो । कोरोनाका कारण मुख्यमुख्य मन्दिर बन्द रहेकाले घरघरमै पूजा आराधना गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार