लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनको आव्हान
नेपालबहस संवाददाता
साउन २७, २०७८ बिहिबार १:५:३७
२७ साउन, बुटबल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भोलि बिहीबार ३ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् । देश प्रमुख शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले आज बुधबार ५ बजे एक सूचना जारी गर्दै भोलि ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेपछि गठबन्धन दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।
प्रतिपक्षी नेपाली कांग्रेसलगायतका गठबन्धन दलहरुले मुख्यमन्त्रीबिरुद अविश्वास प्रस्ताव पेश गर्दै विशेष अधिवेशन आव्हान भैसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए ।
संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।
प्रतिपक्षी चार दलीय गठबन्धनसँग ४२ सांसद पुगेका छन् । यहाँ माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्री बनाउने बारे गठबन्धन दलहरुबीच सहमति भएको छ । सम्भवतः भोलि नै केसी नयाँ मुख्यमन्त्रीका रुपमा नियूक्त हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार